back
CTIZAN AD

आइपीओ निष्काशनका लागि सानिमा लाइफ इन्स्योरेन्सले पायो बोर्डबाट अनुमति

वि.सं.२०७८ साउन १ शुक्रवार

738 

shares

१ साउन, काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर (आइपीओ) निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीलाई सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर निष्काशनका लागि बोर्डले अनुमति दिएको हो ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख कित्ता सेयरमध्ये कर्मचारी र सामूहिक लगानी कोषका लागि समान ५ प्रतिशतले हुन आउने ३.३ लाख कित्ता गरी ६ लाख कित्ता छुट्टाएको छ । त्यसपछि बाँकी रहेको ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन ।

कम्पनीको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

वि.सं.२०७८ साउन १ शुक्रवार १३:१० मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...