back
CTIZAN AD

अब रहिनन् बालिका बधुकी दादी सा

वि.सं.२०७८ साउन १ शुक्रवार

846 

shares

१ साउन । भारतीय टेलिभिजन कलर्स च्यानलबाट प्रसारण भएकाे चर्चित टेलिसिरियल ‘बालिका बधु’की कल्याणी देवी उर्फ दादी सा को भूमिकामा रहेकी सुरेखा सीकरीको निधन भएको छ ।

बालिका बधुमा रुढिवादी दादी सा को भूमिका निर्वाह गरेकी ७५ वर्षीया सुरेखाको शुक्रबार बिहान हृदयघातबाट निधन भएको भारतीय सचारमाध्यमले जनाएका छन् । पछिल्लो दिनहरुमा फोक्सो सम्बन्धी रोगबाट पीडित उनको गत वर्ष ब्रेन स्ट्रोक भएको थियो ।

सुरेखालाई दुई पटक ब्रेन स्ट्रोक भएको थियो । सन् २०१८ मा महाबलेश्वर एक टिभि सोको सुटिङमा ब्रेन स्ट्रोक भएको उनको टाउकोमा चोट लागेको थियो । त्यहि कारण उनलाई प्यारालाइसिस भएको थियो । पछि ठिक भएपनि लकडाउनको समय पुनः दोस्रो पटक ब्रेन स्ट्रोक भएपछि उनलाई आइसियुमा राखेर उपचार भएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

दिल्लीमा जन्मिएकी दादी साले आफ्नो अध्ययन सकेपछि स्न १९७१ पछि थिएटरमा प्रवेश गरेकी थिइन् । एनएसडी रिपेट्री कम्पनीमा दसवर्ष काम काम गरेपछि चलचित्रमा खेल्ने सोचका साथ दिल्लीबाट मुम्बई गइने । फिल्ममा सपोर्टिभ कलाकारको रुपमा र टेलिसिरियलमा सक्रिय रहिन् ।

उनले टेलिसिरियलमा पछिल्लो सो सन् २०१७ मा एक था राजा एक थी रानी र राणा जी की दादी को भूमिका निभाएकी थिइन् । पछिल्लो पाँच वर्षमा उनी वे बधाई हो, शी कुरमा, घोष्ट स्टोरीजको फिल्ममा खेलेकी छन् । तीन पटक नेशनल अवार्डसमेत जितेकी सुरेखाले सपोटिङ भूमिमा थुप्रै अवार्ड जितेकी छन् ।

वि.सं.२०७८ साउन १ शुक्रवार १७:०७ मा प्रकाशित

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...