back
CTIZAN AD

पछिल्लो २४ घण्टामा देशैभरी २९३६ संक्रमित ४३ जनाको मृत्यु

वि.सं.२०७८ साउन १ शुक्रवार

876 

shares

१ साउन, काठमाडौं । नेपालमा आज २९३६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९६१३ पिसीआर र ४,५६९ ऐन्टिजेन गरी १४,१८२ वटा नमुना परीक्षणमा २९३६ जना संक्रमित थपिएका हुन् । बिहीवारको तुलनामा शुक्रवार संक्रमितको संख्या केही बढेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भक्तपुरमा ६२, ललितपुरमा १३६ जना र काठमाडौंमा ३४३ जना गरी उपत्यकामा आज ५४१ जना संक्रमित थपिएका छन् । बिहीवारको तुलनामा आज संक्रमित हुनेको संख्या केही बढी हो ।

नेपालमा हालसम्म ३४ लाख ५६ हजार १९९ पिसीआर र २ लाख ५६ हजार ६२३ विधिबाट गरीएको ३७ लाख १२ हजार ८२२ नमुना परीक्षणमा हालसम्म ७ लाख १२ हजार ३४३ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १७७५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १७७५ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख २८ हजार २४३ जना निको भइसकेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ४३ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,५०६ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ । पछिल्ला केही दिनयता कोरोनाबाट मृत्यु हुनेको संख्या पुनः बढ्न थालेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल २६ हजार ८२७ जना संक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेशनमा २४ हजार २७४ र संस्थागत आइसोलेशनमा २,५५३ जना रहेका छन् । विहीवारको तुलनामा आज होम आइसोलेशनमा बस्नेको संख्या बढेको छ ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ५७८ र भेन्टिलेटरमा १७४ जनाको उपचार भइरहेको छ ।

आज देशैभरी थपिए २६७६ कोरोना संक्रमित, ३३ जनाको मृत्यु

वि.सं.२०७८ साउन १ शुक्रवार १७:०६ मा प्रकाशित

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...