२ साउन,काठमाण्डौ । नेकपा (माओवादी केन्द्र ) ले महामारी नियन्त्रणका लागी ल्याइएको भेरोसेल खोप लुकाइएकाप्रति गंभिर आपत्ति प्रकट गरेको छ ।
घण्टौ लाइनमा लागेर लक्षित समुह बिना खोप फर्किनु परेको तथा जनप्रतिनिधि तथा आसेपासेहरुले खोप लुकाएर कथित आफन्तलाइ दिएको भन्दै नेकपा (माओवादी केन्द्र) नागार्जुन नगर कमिटीले एक बिज्ञप्ति मार्फत आपत्ति प्रकट गरेको हो ।
सो पार्टीको नागार्जुन नगर कमिटीका अध्यक्ष युवराज भण्डारीद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ‘ कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको महामारी फैलिएको घटनाले सिंगो देश आक्रान्त भएको छ । विश्व मानव जातिका लागि चुनौतिका रुपमा देखापरेको कोरोना भाइरसका कारण हालसम्म १५ करोडभन्दा बढी मानिस संक्रमित भएका छन भने करीब ३० लाख भन्दा वढि मानिसको मृत्यु भइसकेको छ ।
कोरोना भाइरस विरुद्घको भेरोसेल खोप नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ५५ बर्ष र सो भन्दा माथि उमेर समुहका कोभिड विरूद्ध पहिलो मात्रा खोप लगाउन बाकी सबै नागरिकहरू, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरू, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाकी व्यक्तिहरू, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरीकहरूलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन प्रमाणपत्रको आधारमा सुचना जारि गरि वितरण गरिएकोमा जनप्रतिनिधीले आफन्त पार्टी कार्यकर्ता लगाई उमेर समुह र तोकिएको व्यक्ती लगाउनवाट वन्चित गरियकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
जनप्रतिनिधी र कर्मचारी मिलोमतोमा भेरोसेल खोप लुकाई आफन्त पार्टी कार्यकर्ता लाई राति राति लगाई खोप सिद्धियो भनि गम्भिर अनियमितता गरि स्थगन गरिएकोमा नगर जनस्वास्थ्य कार्यालय लगायत सम्वन्धित सवै ध्यानाकर्षण गराउद छौ । यस्ता अनियमितता कार्य गर्ने जनप्रतिनिधी र कर्मचारी लाई छानविन गरि कारवाहि गर्न हाम्रो पार्टि जोडदार माग गर्दर्छौ । कोभिड–१९ विरुद्धका खोप समयमा उपलव्ध गराउन पहल गर्न नगरपालिका लाई अनुरोध गर्दछौ साथै स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी कोरोना भाइरस कोभिड–१९ वाट वच्न उच्च सतर्कतासाथ कार्य गर्न नागार्जुनबासीमा विशेष अनुरोध समेत गर्दछौ । ’
वि.सं.२०७८ साउन २ शनिवार ०६:२३ मा प्रकाशित































