back
CTIZAN AD

काव्य गोष्ठी आयोजना गरेर मनाईयो २०८ औं भानु जयन्ती

वि.सं.२०७८ साउन १ शुक्रवार

1K 

shares

रचनाका मुनाहरू साहित्य मञ्जरी समूह परिवारले २०८ औं भानु जयन्तीको अवसरमा आयोजना गरेको भर्चुअल (गुगल मीट) भानु काव्य गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त गोष्ठीमा झण्डै तीन दर्जन स्रस्टाहरुले भानु सम्बन्धी सिर्जना र रामायणको विभिन्न काण्डबाट श्लोकहरु वाचन गरेका थिए । तीन घण्टा सम्म चलेको उक्त कार्यक्रमको प्रमुख आथित्य डा. बम बहादुर जीतालीज्यू रहेका थिए ।

संस्थाका संस्थापक तारा बिष्ट छन्दार्पण, अध्यक्ष बालकुमार क्षेत्री, कोषाध्यक्ष निर्मला अर्याल र उपाध्यक्ष आरती बिष्ट आरोहीले पालैपालो कार्यक्रम सञ्चालन गरेका थिए ।

सो काव्य गोष्ठीमा संस्थाकी महासचिव कल्पना भट्टराईको सभापतित्व रहेको उक्त काव्य गोष्टिमा संस्थाका वरिष्ठ सल्लाहकार तथा रचनाका मुनाहरू साहित्य पाठशालाका प्रशिक्षक कवि विदुर अदिकारीले सम्पूर्ण सर्जकहरुद्वारा वाचन गरिएका सिर्जनाहरुको अलौकिक काव्यिक समिक्षा गरेका थिए ।

गोष्ठीमा उपस्थित कविहरु तथा सर्जकहरू- डा.वमबहादुर जिताली, गायत्री चापागाईं, नवराज बराल, चन्द्रमणी अधिकारी, युवराज भट्टराई शिव त्रिपाठी, होमनाथ घिमिरे, मुक्ति पोखरेल, छविलाल आचार्य, रामचन्द्र शर्मा, रामप्रसाद उर्फ सिकारु राम, मेघनाथ खनाल वन्धु, एल पि खनाल, प्रकाश पाण्डे, मोहन गौतम, हर्कमती जोशी, द्वारिका रिजाल, अमर शाही, माया उपाध्याय, दुर्गा थापा मगर, कुमार थापा उमेश (गौरी गाउँले), शान्ति सिग्देल, कविता नेपाल, सुमित्रा सुमी लगायतका सर्जकहरूको भव्य अनि सभ्य उपस्थिति रहेको थियो ।

 

वि.सं.२०७८ साउन १ शुक्रवार २०:४८ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...