Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

कथा: सिउँदो पुछिएकी चेली



‘लोग्ने टोकुइ,अलच्छिनी, कुलङ्घार्नी मेरो फूल जस्तो छोरोलाई खाइ यस् डङ्किनिले । यसको मुख हेर्दा पनि साइतै बिग्रन्छ । कस्ता कस्तालाई स्याहार्नु पर्ने ।’ यस्ता यस्ता शब्दहरू सुन्दा सुन्दा पाकी सकेकी थिइ सरिता । छट्पटी मै रात बित्थ्यो । यता कोल्टे पर्दा र उता कोल्टे पर्दा सिरानी भिज्थ्यो र सङ्गसङै झिसमिसे हुन्थ्यो ।
उज्यालो भएपछि फेरि शुरु हुन्थ्यो उहीँ ताना । सानो गल्तिको ठूलो इश्यू । सासू र नन्दलाई आगोमा घीउ थप्न केही निहुँ नचाहिने । एउटी नारी भएर नारीले नारीमाथि नै गरिने शोषण । कसरी सहि सरिताले । सहेको पनि छ महिना बितेछ । कि भगवानलाई थाहा छ कि त उनलाइ मात्र । केवल उनलाइ मात्र । मात्र समय एक्काइसौं शताब्दी तर मान्छे उहीँ अनि बिचार उस्तै पुरानो रुढिवादी ।

त्यस घरमा सरिताको मुख हेर्दा साइत नपर्ने कस्तो बिडम्वना । उनले मरि–मरि काम गर्दा चाहिँ राम्रो हुने । सानो गल्तीको चाहिँ यति ठूलो सजाय यो कस्तो न्याय हो ।

सहनुको पनि एउटा सीमा हुन्छ । एकदिन सीमा नाघेर गोरखापत्रको बिज्ञापनसँगै आफ्ना प्रमाणपत्र लिएर कसैलाई नभनि निस्केकी सरिता बेलुकी घर फर्कदा त घरमा दनदनी आगो बलिसकेछ । उनको कोठाको सामानहरु बाहिर आगनभरी छरपस्ट । घर वरिपरिका छिमेकीहरुको भिड । सरिताको बुवा एउटा कुनामा घोसेमुन्टो लाएर बस्नु भएको । भाउन्न भइ सरिता ।

सरितालाई देख्नेबित्तिकै भक्कानो छोडेर अंगाल्नु भयो बुवाले । अक्कमक्किदै ठिंग उभिएकी सरिताले बुवा यसरी भक्कानिएको कहिले देखेकी थिइनन् । उनलाइ अन्माउदा पनि ‘ल ज्वाइँ साहेब मारे पाप,पाले पुन्य, आजदेखि छोरी हजुरलाई सुम्पेको छु ।’ भन्दै हाँसेर बिदाई गर्नु भएकोे थियोे । तर ती सबै बिच बाटोमै सिद्धीएको थियोे ।

‘बुवा के भयो ? किन यसरी रुनु भएको ? तपाईं यहाँ आउनु हुदैनथ्यो । किन आउनु भयो ?अनि यी मेरा सामानहरु बाहिर किन छरपस्ट ?’

शृंगार बन्चित एउटी नारी सरिता यस्तै यस्तै प्रश्न गर्दै थिइनँ । मौन थिएँ त्यहाँ सबै अनि सन्नाटा छाएको थियो ।

‘हामी यसलाइ एकछिन पनि यो घरमा राख्न सक्दैनौं । लोग्ने टोकि । अब कस कसलाइ टोक्छे । को–को सँग कहाँ कहाँ हिड्छे । के–के गर्छे । कसैको डर कर नभाकी । हाम्रो घरको त बदनाम गरेर नै छोड्ने भइ यस डङकिनीले । ‘सासू एकातिर र नन्द अर्कोतिर फतफताउदै थिए ।

आंखा भरि आंशु पार्दै …….

‘छोरी तिमी कहाँ गएकी ? कमसेकम घरमा सोधेर त जानू पथ्र्यो । एक बर्षसम्म तिम्रो सेतो पहिरन माइतिले हेर्नु हुँदैन भनेको भएर हामी आएनौ। ज्वाइँ बितेको छ महिना नि पुगेको छैन तिम्रो त कन्तबिजोग भएछ । तिम्रो यो हालत कसरी हेरुँ । हिँड जाउ म तिमीलाई लिएर जान्छु ।’ एकै शासमा सरिताका बुवाले भन्नू भयो ।
‘बुवा एउटा चिन्दै नचिनेको मान्छेको हातको एक धर्को सिन्दुर अनि एक झुप्पो पोते लाएर जन्मघरबाट अन्मिएर निस्के कि म आधा बाटोमा आउँदा सबै छ्ताछुल्ल भयो । यसमा मेरो के दोष ? मलाइ पनि मर्न दिनु पथ्र्याे । किन अस्पताल लगेर बचाउनु भयो । आज यहि दिन हेर्नलाई ? ’

आँशु झर्न नखोजेको त होइन सरिताको पनि तर मुटु गाँठो बनाएर त्यसदिनको घटना सम्झिन् सरिताले ।

‘होइन छोरि, त्यस्तो नभन । धर्म–सस्कृति, समाजलाई तोड्न सकिएन । तिमी जन्मेको घरको ढोका सधै–सधै खुल्ला छ हिँड जाउ ।’

‘हो बुवा, धर्म–सस्कृति अनि समाजलाई जोगाउँदा एउटि नारी पिल्सिन्छे । आफ्नो जिन्दगीभरी खुशी र इच्छालाई होमेर जसरी म पिल्सिएकीछु । कर्म घर नै आफ्नो नभएपछि जन्मेको घरबाट अन्मिएर निस्केकी छोरिको जन्म घर सधैको लागि आफ्नो हुन सक्दैन । केवल सहानुभुती बाहेक । चिन्ता नलिनु बुवा, हजुरले दिएको शिक्षाको सदुपयोग गर्न नै म एउटा अफिसमा अन्तर्बाता दिन निस्केकी थिए र जागिर पनि पाइसके । यो घरमा यसरी मेरो अपमान हुन्छ भन्ने सोचेकी पनि थिइनँ । अब छोरी जिउन सक्छे, हजुर घर फर्कनु ।

बरु अगाडि बड्न हौसला दिनु ।

‘छोरि त्यसो नभन’ बुवा केही भन्न खोज्दै हुनुहुन्थ्यो । घर परिवारका सदस्यहरु फतफताउन छोडेका थिएनन् ।

तर उनी सुन्न चाहन्नथिन । जागिर पक्का भैसकेकोले रात दिनको कलह भोगेकी सरिता आफुलाई बलियो बनाउन जिन्दगीसँग लड्न तयार थिइन् । सायद, माया पाएकी भए मन पग्लन सक्थ्यो । मन त एउटा नटुक्रने ढुङा भैसकेको थियो ।

कहिलेकाहीँ कस्तो अचम्म भइदिन्छ । संजोग त्यस्तै पर्यो सायद भग्वानले नै डो¥याएको होला । सधै जस्तै सरिता अफिस जान गाडी चढिन् । आफ्नै रफ्तारमा गुडेको गाडीले एक महिलालाई ठक्कर दियो । मान्छे जम्मा भए । गाडीका मान्छे सँगसँगै सरिता पनि ओर्लेर घाइते महिला छेउ पुगिन् । घाइते त सरिताकै सासू पो रहिछन् । सबैको सहायताले अस्पताल पुर्याइन् । रगत धेरै गएकोले डक्टरले रगतको आबश्यक्ता परेको बताए । बिरामीको भाग्य बलियो हो या गहिरो नाताले तानेको हो सरिताको रगत मिल्यो । आफन्तीहरुलाई खबर पठाएकोले सबै जम्मा भैसकेका थिए । उपचार पछि बिरामीको होस् आयो । सबै कुरा थाहापाए पछि छेउमा बसेकी सरितालाई बोलाइन् सासुले ।

चिन्दै नचिनेको मान्छेको सिन्दुर पखाली सकेको थियौं भने पोते चुडिसकेको थियो । बाँकी पहिरनमा कसैको हस्तक्षेप हुन दिन्न । यहि अठोट लिएर आफ्ना सामानहरु बटुल्न थालिन् । सासू र नन्द एकैचोटि कराउदै थिए–‘अहिले नै निस्किहाल आफ्नो सामान बोकेर……..।’

‘आमा ! हजुर मैले रात नबिताएको श्रीमानको आमा हुनुहुन्छ । आजसम्म यो घरको कदर गर्दै आएकी छु र गर्नेछु । यो घरबाट निस्केपछि पनि । म पनि माइति घरबाट रङगिन कपडामा सजिएर निस्केकी यो घरमा उजाडिएर भित्रिए । तर जानेबेला अपशब्द नबोलि दिनुहोला । हजुरसँग पनि उमेर पुगेकी चेली हुनुहुन्छ ।’
‘छोरी सरिता, समय अनि व्यबहारले तिमीलाई धेरै बलियो बनाइ सकेछ । मलाइ ढुक्क भयो । मेरि छोरी जस्तै परिस्थितिमा पनि लड्न सक्छे । अब कहाँ जाने त ?’
अवाक बुवाको वाक्य फुट्यो ।

‘चिन्ता नगर्नु बुवा, मेरि कलेज पढ्दाको साथीको घरमा जान्छु । उनले अबश्य साथ दिनेछिन ।’ ठूलो मन भएकी साथीले एउटा कोठा दिइन् । ठूलो सास फेरेकी सरितालाइ संसार नै जितेको भान भयो । बुबाले पनि सम्पूर्ण सामान जुटाइदिनु भयो ।

लामो सलक्क परेको कालो कपाल, पातलो, शरीर, सेतो साडीमा खुलेकी सरितालाइ जो सुकैले अड्कल काट्न सक्थ्यो कि उनी विधवा हुन भनेर ।
अफिस जाने – आउने क्रम चलिरह्यो । दिन बित्दै गए । लोग्ने मरेको एक वर्ष हुनलाग्दा पनि घरतिरकाले खोज खबर गरेनन । नियममै बसेकी सरिताले लोग्नेको एक बर्षको काम पूरा गरिन र सिन्दुर, पोते बाहेक सबै पहिरन लगाउन थालिन् ।

कहिलेकाहीँ कस्तो अचम्म भइदिन्छ । संजोग त्यस्तै पर्यो सायद भग्वानले नै डो¥याएको होला । सधै जस्तै सरिता अफिस जान गाडी चढिन् । आफ्नै रफ्तारमा गुडेको गाडीले एक महिलालाई ठक्कर दियो । मान्छे जम्मा भए । गाडीका मान्छे सँगसँगै सरिता पनि ओर्लेर घाइते महिला छेउ पुगिन् । घाइते त सरिताकै सासू पो रहिछन् । सबैको सहायताले अस्पताल पुर्याइन् । रगत धेरै गएकोले डक्टरले रगतको आबश्यक्ता परेको बताए । बिरामीको भाग्य बलियो हो या गहिरो नाताले तानेको हो सरिताको रगत मिल्यो । आफन्तीहरुलाई खबर पठाएकोले सबै जम्मा भैसकेका थिए । उपचार पछि बिरामीको होस् आयो । सबै कुरा थाहापाए पछि छेउमा बसेकी सरितालाई बोलाइन् सासुले ।

‘आमा, कस्तो छ अहिले ?’ सोधिन सरिताले ।

‘मलाइ माफ गर छोरी’ आँखाभरी आशु पार्दै, तिमी जस्ती माहान चेली लाई मैले चिन्न सकिनँ । तिमी अब हामी सङ्गै बस्नु पर्छ ।’
‘होइन आमा, म जहाँ छु ठिक छु ।’

त्यहीबेला उनको अफिसमा संगै काम गर्ने सर आइपुग्नु भयो । आफू भन्दा ठूलो पद्को सरलाई देखेर छक्क परिन् ।
‘सर, हजुर यहाँ ?’

‘सरिताजी, तपाईंलाई थाहा छैन म बिरामीको नातेदार पर्छु । तपाईंले घरतिरका सबैलाई चिन्ने मौका पाउनु भएन । तपाईंको शैक्षिक योग्यता अनि शुशिलताले मैले नै तपाईंलाई नियुक्ति गरेको थिए । जे हुनु भयो भबितब्य कसलाइ पर्दैन र ! म तपाईंलाई असाध्य मन पराउँछु र इज्जतका साथ तपाईंको हात मागेर पुछिएको सिउदो फेरि रङ्गाउन चाहन्छु ।’

अलमलिएकी सरितालाई त्यस हस्पिटलबाट भागुजस्तो भएको थियो टुप्लुक्क बुबा आइ पुग्नुभयो । अस्पतालभित्रै एउटा रमाइलो माहोल बन्यो । सबैको सल्लाह र सुझावले बिहेको कुरा छिनियो । एउटी चेली सरिता, श्रीमानको माया ममता त के अनुहारसम्म राम्रो नचिनेकी उनीमाथि यति ठूलो बज्रपात पर्यो । आफुलाइ परेर होला जुन महिलाले श्रीमानको माया के हो बाल बच्चा के हो बुझ्न नपाउदै सिउँदो पुछिन्छ भने उनको फेरि सिउदो भरिनु पर्छ यस्तो धारणा बोकेकी त थिइन् तर आवाज निकाल्ने साहस थिएन तर भग्वानले नै जुराइ दियो ।

सासुलाइ सन्चो भएर घर लगेपछी तिनै सासुले धुमधाम सङ्ग बिहे गरि आफ्नै हातले कन्यादान दिएर  एउटि सिउँदो पुछिएकि चेलिकाे
सिउदाे भरेर नयाँ  जीवन जिउने  बाटो खाेलिदिइन।

फोन नम्बरः ९८४१६६४७३८


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय