back
CTIZAN AD

नेपाली सेनाको साङ्गठनिक पुनः संरचना स्वीकृत, आयो कार्यान्वयनमा

वि.सं.२०७८ साउन २ शनिवार

774 

shares

२ साउन, काठमाडौँ । नेपाली सेनाको साङ्गठनिक पुनः संरचना २०७७/७८ कार्यान्वयनमा आएको छ । सेनाको साङ्गठनिक पुनः सरचना मन्त्रिपरिषद्को असार २४ गते बैठकले स्वीकृत गरेको थियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित समारोहमा कमाण्ड सेनापतिलाई झण्डा हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सरकारले सैद्धान्तिक स्वीकृति दिएको ३ जोड १ कमाण्ड अवधारणाको निरन्तरताका रूपमा आएको साङ्गठनिक पुनः संरचना २०७७/७८ राष्ट्रिय सुरक्षा नीति र दीर्घकालीन सोच २०८७ समेतका आधार तयार पाएिको हो ।

साङ्गठनिक पुनः संरचनाको पूर्ण कार्यान्वयन भने २०८१ असार मसान्तसम्ममा हुने जानकारी दिइएको छ । चार कमाण्ड हेड क्वाटर शुक्रबारबाटै पूर्णरूपमा सञ्चालनमा आएका छन् । कमाण्डलाई आवश्यक अधिकृत र सकल दर्जाको दरबन्दी क्रमिक रूपमा आगामी ६ वर्षमा पूरा हुने बताइएको छ ।

सेनाको संवैधानिक र अन्य जिम्मेवारीलाई थप असरदाररूपमा सम्पादन गर्ने लक्ष्य अघि बढाइएको ३ जोड १ कमाण्ड अवधारणा कार्यान्वयनका लागि साङ्गठनिक संरचना आवश्यक रहेको सेनाले जनाएको छ ।

अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा परिवेश र अन्तर्राष्ट्रिय अभ्याससमेतलाई दृष्टिगत गरी सेनालाई समयानुकूल व्यावसायिक, चलायमान र गतिशील बनाउन साङ्गठनिक सरचना अघि बढाइएको हो ।

नेपालको नदी क्षेत्रमा उद्धार तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रण कार्य गर्नसक्ने क्षमताको विकास र तदर्थ रूपमा स्थापना गरिएका अङ्ग सीमा अनुगमन एवं सर्भे निर्देशनालयलाई समेट्न यसले योगदान दिनेछ ।

फिल्ड तहमा हाल देखिएका मध्ये क्रमका अधिकृत, पदीक र विल्लादारसमेत वृत्ति विकासमा परेका समस्यालाई सम्बोधन र व्यवस्थापन गर्न साङ्गठनिक पुनः संरचना कोशेढुङ्गा सावित हुने जानकारी दिएको छ ।

साङ्गठनिक पुनः संरचना अघि बढाउने क्रममा सेनामा कायम रहेका विद्यमान कूल सङ्ख्यामा कुनै थपघट नहुने मात्र होइन विशिष्ट श्रेणीको दरबन्दी सङ्ख्यामा पनि कुनै पनि हेरफेर हुने छैन । साङ्गठनिक पुनः संरचना २०७७÷७८ कार्यान्वयन भएपछि सञ्चार–प्रविधि, मेडिकल, बन्दोबस्ती, इन्जिनियरिङको क्षमता र अवधारणा गुणस्तरीय हुने सेनाले जनाएको छ ।

वि.सं.२०७८ साउन २ शनिवार ०७:५१ मा प्रकाशित

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी । ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले...

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...