back
CTIZAN AD

कविताः सम्झना साउने सङ्क्रान्तिको

वि.सं.२०७८ साउन २ शनिवार

978 

shares

बिहानै सबेरै बढारी कुँडारी
पिई दूध मीठो गरिन्थ्यो तयारी ।
हिँडिन्थ्यो रमाई मिली मित्रसाथ
मिठा बात गर्दै समाएर हात ।१।

न चिन्ता कसैको न सुर्ता छ साथी
डुबी कल्पनामा पुगेँ आज राती ।
टिपी सुन्तला कागती नासपाती
मिलाएर जोडी जुटे भिन्न जाति ।।२।।

कुुकुर्डाइनोको लता खोज्न झाडी
चहार्दै हिँडिन्थ्यो सबै झार फाँडी ।
फिजारेर नाङ्ला भरी चीज नाना
तयारी बनाई पकाएर खाना ।।३।।

लुतो फाल्नलाई जलाएर सिम्ठा
दुबै हात जोडी गरी देव निम्ता।
जलाई सलेदो थपी तेल हाली
बजाएर गाना लगाएर ताली।।४।।

लुतो घाउ लैजा पिलो रोग लैजा
बडारेर जम्मै महाकाल हैजा ।
भनिन्थ्यो सुनिन्थ्यो थियो मेल राम्रो
सुसंस्कार गुम्दै गएको छ हाम्रो ।।५।।

मकैले भरिन्थे मझेरी भरी नै
यता हेर्छु गम्मै उता देख्छु डम्मै।
झिकी संगिनीले मकर्काँचि पात
दुबै मख्ख हुन्थ्यौं बने चारु हात ।।६।।

सिलौटो पखाली दुई बिष्टि हाली
र त्यूरी मिसाएर मात्रा मिलाई ।
लगाई सुतिन्थ्यो दुबै हात माथि
हुँदा हात राता खुशी जान साथी ।।७।।

रमेको छ धर्ती पलाएर मूल
छरेको छ आभा फुलाएर फूल ।
लगातार बर्षा झरी व्योमबाट
बने उग्रचण्डी जसै मेघनाद ।।८।।

ससाना कुलेसा थिए उर्लिएका
अहंकारले झन् छुँदा कुर्लिएका ।
सबै खेतबारी बनाई जलाम्मे
घुलो साम्यपारी भएका हिलाम्मे ।।९।।

थिए स्याखु, छत्री कला ती पुराना
मिले आज छाता बने ती बिराना ।
भयो थालनी ती गुनी चाडबाड
खुलेका मिलेका तराई पहाड ।।१०।।

कठै सम्झनाले उतै लान्छ तानी
कहाँ मिल्छ खै त्यो खुशी जिन्दगानी ।
गयो जिन्दगी यो नपाएर भेउ
उतै जान्छु आमा तिमी साथ देऊ ।।११ ।।

छन्दः भुजंगप्रयात

 

 

 

वि.सं.२०७८ साउन २ शनिवार ०७:१४ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...