back
CTIZAN AD

कविता: रुखको श्राप

वि.सं.२०७८ साउन २ शनिवार

1.1K 

shares

किन यस्तो ?
किन तिम्रो प्रहार मेरो कम्मरमा ?
छैन कतै मेरो गुहार ।
त्यसैले, घरीघरीको यो निर्मम प्रहार ?

मलाई पनि त दुख्छ ।
तिम्रो बञ्चरो कति धारिलो हँ !

टन्टलापुर घाममा
मैंले वर्षौं दिएको शीतल छहारी
एकै पलमा बिर्सने भएछौ
तिमी त साह्रै अगुणी रहेछौं नि ।

टन्टलापुर घामले थाप्लोमा कोर्रा बर्साउँदा
मैंले तिम्रो बाजेलाई दिएको शीतलताको
तिम्रो बा–सम्म पनि मनग्गे पुगेथ्यो ।
देखाएनन् बाले तिमीलाई
उनको शरीरभरि
मैंले छाडिराखेको सन्चोहरु हँ ?

मलाई थाह छ /एकदमै
थाह छ
तिमी लोभको बन्दी छौ ।
प्रलोभनले अन्धा छौ तिमी ।
त्यही अन्धो प्रलोभनको प्रभावमा

मेरो सन्तानको संहारमा
निस्केको छौ तिमी ।
हातमा विषालु बञ्चरो छ
धारिलो आरालाई
आतङ्कको ताण्डव नाप्ने
तिम्रो निर्दयी आदेश छ ।
हेर त !
घाम ताप्न निस्केको मुनाहरु
सबैलाई टुहुरो बनायौ । होइन
यी अबोधहरुको आँसुले
पिरेको बेला
पछुतो गर्ने समय पनि
हुनेछैन तिमीसँग ।
म जस्तो निरीहहरुको
ज्यान बेचेर
कमाएको तिम्रो वैभवलाई
मेरो श्राप लागेको दिन
तिम्रो महल
तासको घरजस्तै ढल्नेछ,
तिम्रा पनातिहरु
अक्सिजनको क्यूमा उभिन पर्नेछ ।

कति अक्षम्य अपराध छ तिम्रो !
त्यही अपराधको श्राप लाग्नेछ तिमीलाई
पक्कै लाग्नेछ ।।

 

वि.सं.२०७८ साउन २ शनिवार ०७:१२ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...