back
CTIZAN AD

कविता: जून र फूल

वि.सं.२०७८ साउन २ शनिवार

2K 

shares

हुन त ऊ
सबैभन्दा अग्लो स्थानमा फुलेको
सुन्दर जून हो
तारा हो
होचोमा फूल्दैन
जूनतारा देख्नेहरू लोभिन्छन्
छोएर टिप्न सक्दैनन्

तर तिमी
धरतीमा मुस्कुराएको फूल हौ
अग्लो
होचो
हिलो
धुलो जहाँ पनि फुल्छ्यौ
खुल्छ्यौ
लोभिनेहरू छुन्छन् र टिप्छन

आकाशका जून तारा
अक्सर रातभरि फुल्छन र दिनमा हराउँछन्
तर
धरतीको फूल
रातमा जून तारा हेरेर
दिनमा घाम देखेर
अन्तिम पलसम्म
मगमगाउदै मुस्कुराउछ ।

 

वि.सं.२०७८ साउन २ शनिवार ०७:५५ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...