३ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा दोस्रोपटक बिघटन गरिएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले असार २८ गते बदर गर्दै कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि आज पुर्नस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बस्न लागेको हो ।
यसअघि संसदमा प्रतिपक्षी भूमिकामा रहेको कांग्रेसले सरकारको नेतृत्व गरेपछि केपी शर्मा ओली नेतृत्वको पार्टी नेकपा एमाले भने आजको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी भूमिकामा सहभागी हुनेछ ।
संघीय सचिवालयको कार्यसूची अनुसार आज केपी ओली नेतृत्वको सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने बताइएको छ ।
यस्तो छ आजको कार्यसूची

वि.सं.२०७८ साउन ३ आइतवार ०८:०८ मा प्रकाशित






























