back
CTIZAN AD

बिरुवा अभावमा रबर खेतीको विस्तार प्रभावित

वि.सं.२०७८ साउन ३ आइतवार

606 

shares

३ साउन, झापा । कोरोना महामारीका कारण भारतबाट बिरुवा ल्याउन नसक्दा जिल्लामा यस वर्ष रबर खेती विस्तार हुन सकेन ।

झापा, इलाम, सुनसरी र मोरङमा प्राकृतिक रबरको खेती हुँदै आएको छ । मुलुकभित्रै पर्याप्त बिरुवा उत्पादन नगरिएको र महामारीले नाका बन्द हुँदा भारतबाट बिरुवा भित्र्याउन नसक्दा रबर खेती विस्तार कार्यक्रम प्रभावित बनेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ भद्रपुरका प्रमुख रवीन्द्र सुवेदीले जानकारी दिए ।

रबर जोन कार्यक्रममार्फत आर्थिक वर्ष २०७७÷७८ मा २० हेक्टर जग्गामा रबर खेती विस्तार गर्ने लक्ष्य थियो । बिरुवा अभावमा तीन हेक्टरमा मात्र खेती विस्तार भएको उनले बताए । नेपालमा भारतको आसामबाट रबरको बिरुवा ल्याउने गरिएको थियो ।

सीमानाका बन्द भएकाले यस वर्ष भारतबाट बिरुवा आएन । भद्रपुरको एग्रो फरेस्ट कम्पनीले उमारेको रबरको बिरुवासमेत मरेको उनले जानकारी दिए ।

भद्रपुरको नर्सरीले गत आवमा ५० हजार बिरुवा उत्पादन गर्ने लक्ष्य लिएको थियो । तर आठ हजार मात्र उत्पादन गर्न सफल भएको उनका भनाइ छ । रबरको बिरुवा जेठभित्र रोपिसक्नुपर्ने हुन्छ । असार महिनासमेत बितिसकेको हुँदा अब खेती विस्तारका लागि अर्को वर्ष पर्खिनु पर्नेछ ।

रबर खेती विस्तारका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत आवमा रु १५ लाख विनियोजन गरेको थियो । जबकि परियोजनाले रु चार करोड आवश्यक परेको भन्दै पर्याप्त बजेटको माग गरेको थियो ।

रबरको खेती विस्तारमा कोभिड–१९ का कारण बजेट कटौतीसमेत चुनौती देखिएको छ । झापाको मेचीनगर, अर्जुनधारा, भद्रपुर, दमक, बिर्तामोड, कनकाई नगरपालिका र बाह्रदशी, कचनकवल र हल्दिबारीलगायत पालिकामा रबरको व्यावसायिक खेती हुँदै आएको छ ।

रबर जोन सञ्चालक समितिका अध्यक्ष शान्तिराम चिमिरियाले हाल भmापामा ५०० हेक्टर क्षेत्रफलमा रबर खेती गरिएको तर २५५ हेक्टर रबर खेतीमात्र परियोजनामा सूचीकृत भएको बताए । रबर बहुवर्षीय बाली भएको हुँदा किसानले धान खेत र चिया बगान मासेर यसको खेती गर्दै आएका छन् ।

परियोजनाले जनाएअनुसार रबर खेती भइरहेको कूल जग्गामध्ये ६० प्रतिशत धान मासेर, १२ प्रतिशत चिया मासेर र २८ प्रतिशत बाँझो जग्गामा लगाइएको हो ।

बिरुवामा परनिर्भरता हटाउन मेचीनगर नगरपालिकाको वडा नं ३ मा निन्दा रिभरलेण्ड होमस्टे एण्ड एग्रो प्रालिले स्थानीय तह र परियोजनासँगको समन्वयमा नर्सरी स्रोत केन्द्र स्थापना गरेको छ । परियोजनाको रु १० लाख, मेचीनगर नगरपालिकाको रु पाँच अनुदान र कम्पनी आफैँले रु पाँच लाख लगानी गरेर नर्सरी स्रोत केन्द्र स्थापना गरेको हो ।

जहाँ रबरको पाँच हजार बिरुवाको नर्सरी राखिएको छ । गत आवमा तीन हेक्टर क्षेत्रमा गरिएको रबर नर्सरी चालु आवमा विस्तार गरिने कम्पनीका कोषाध्यक्ष योगेश भट्टराईले बताए । कम्पनीले पाँच हजार बिरुवा रोपिसकेको उनले जानकारी दिए ।

आगामी दिनमा बिरुवामा आत्मनिर्भर बनाउन परियोजनाले रबर खेतीमा लागेका निजी क्षेत्रसँग साझेदारीमा नर्सरी सञ्चालन गर्ने र तिनीहरुलाई अनुदान प्रदान गर्ने नीति लिएको छ ।

वि.सं.२०७८ साउन ३ आइतवार ११:५७ मा प्रकाशित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका...