back
CTIZAN AD

पर्वत जिल्लामा पहिलो पटक स्नातकोत्तर अध्ययन सुरु

वि.सं.२०७८ साउन ७ बिहीवार

732 

shares

७ साउन, पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लामा पहिलो पटक स्नातकोत्तर पढाई सुरु हुने भएको छ ।

सदरमुकामस्थित गुप्तेश्वर क्याम्पसमा  व्यवस्थापनतर्फ स्नातकोत्तर तहको पढाइ सुरु हुन लागेको हो । बुधबार पत्रकार भेटघाट तथा सूचना आदान प्रदान कार्यक्रममा कलेजले सो कुराको जानकारी गराएको छ।

अनुमती पश्चात क्याम्पसले श्रावण महिनादेखि नै विद्यार्थी भर्ना प्रक्रिया शुरु गरिएको जानकारी दिँदै क्याम्पस प्रमुख सुभाष पन्तले २०७८ भाद्र १६ गतेदेखि पठन पाठनमा जाने बताए । क्याम्पस प्रमुख पन्तले दुई वर्षको एमबिबिएस पढाई सेमेष्टर प्रणाली अनुसार हुने बताए ।

त्रिभुवन विश्वविद्यालयले शैक्षिक वर्ष २०७८/७९ देखि एमबीएस कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेसँगै कलेजले भर्ना खुलाएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष वसन्त कर्माचार्यका अनुसार मानविकी र शिक्षाशास्त्रमा स्नातकोत्तर अध्ययनका लागि माग गरिएको जानकारी दिए ।

MBS कार्यक्रममा भर्ना खुल्यो

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा हासिल गर्न सफल यस गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह, व्यवस्थापन सङ्कायतर्फ Master of Business Studies (MBS) कार्यक्रममा २०२१ का लागि भर्ना खुल्यो ।

  • विशेषताहरु :
     QAA प्राप्त सामुदायिक क्याम्पस,
     गण्डकी प्रदेशमै ३.९२ जी.पि.ए. ल्याई शत् प्रतिशत नतिजा प्राप्त गर्न सफल,
     शान्त, मनोरम, वातारणमा अनुभवि शिक्षकद्वारा अध्यापन,
     स्थलगत, अनुसन्धानात्मक र विषय विशेषज्ञद्वारा अन्तरक्रिया ।

प्रवेश परीक्षाको तालिका

 CMAT आवेदन फारम बुझाउने अन्तिम मिति : २०७८ श्रावण १८ गतेसम्म
 दोब्बर दस्तुर : २०७८ श्रावण २५ गतेसम्म
 प्रवेश परीक्षा : २०७८ श्रावण ३० गते (शनिवार)
 समय : विहान ८ बजे

पुनश्च : आवेदकले यस क्याम्पसको नाममा मुक्तिनाथ विकास बैंकको खाता नं. ०२२१०२००१५०५१००००००१ मा रु. १५००/ जम्मा गरी आवेदन फारम बुझाउनु पर्ने छ । अनलाइन फारम भर्ने विद्यार्थीले उक्त भौचर क्याम्पसको इमेलमा पठाउनु पर्ने छ । अनलाइन फारम भर्न https://www.tudoms.org बाट भर्न सकिनेछ ।

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस
पोखरा–१७, छोरेपाटन, कास्की
सम्पर्क फोन: ०६१–४६५६७७, ९८५६०६९१००
Email: gupteshwormmc@gmail.com
Web: www.gmmc.edu.np

वि.सं.२०७८ साउन ७ बिहीवार ०९:३५ मा प्रकाशित

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी...

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा

अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगितामा अष्ट्रेलिया समूह ‘डी’को उपविजेता...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...