back
CTIZAN AD

छिट्टै नयाँ पार्टी खोल्ने माधव नेपालको संकेत, भने – अपमान सहेर अब बसिन्न

वि.सं.२०७८ साउन ७ बिहीवार

630 

shares

साउन ७, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले छिट्टै नयाँ पार्टी खोल्ने संकेत गरेका छन् । बिहीबार पुष्पलालको ४३ औं स्मृति दिवसको अवसरमा काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो संकेत गरेका हुन् ।

उनले अब पनि अपमान सहेर बस्न नसकिने बताए । ‘आफैंले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको पनि हुन्न’, नेपालले भनेका छन्, ‘तर, अपमान सहेर, गलत कुरा सहेर बस्न सकिने अवस्था छैन्, अब सहेर बसिन्न ।’

कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टी र त्यसका नेताको आचार, व्यवहार कम्युनिष्ट हुनुपर्ने बताए । उनले दासता सहेर बस्नेहरु कम्युनिष्ट हुन नसक्ने पनि उल्लेख गरे ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति खनिएका नेपालले ओलीले निकै लाज लाग्ने व्यवहार गरेको बताए । ओलीमा कम्युनिष्ट चरित्र नरहेको उनको भनाई छ ।

‘बाँदर जुलुस भईरहेको छ, के हो बाँदर जुलुस ?’ नेता नेपालले भने, ‘यस्तो प्रवृत्ति कम्युनिष्ट हुनसक्छ ? के लोकतान्त्रिक चरित्र हो ? यस्ताबाट जनताले कार्यकर्ताले के आशा गर्ने ?’

वि.सं.२०७८ साउन ७ बिहीवार १२:२० मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...