साउन ८, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् ।
उनले आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको बताएका छन् ।
रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन साउन ३ मा प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका थिए । उनले संसद सचिवालयमा राजीनामा बुझाएका थिए ।
रावललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भेटेरै राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । ओलीले सार्वजनिक रुपमै पनि रावलले राजीनमा फिर्ता लिनुपर्ने बताएका थिए ।
वि.सं.२०७८ साउन ८ शुक्रवार १२:५२ मा प्रकाशित






























