८ साउन, काठमाडौं । बैदेशिक रोजगार विभागले अंग्रेजी विज्ञको माग गरेको छ ।
नेपाल सरकार र इजरायल सरकारबीच भएको सम्झौता अनुसार ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८’ अनुसार कामदार छनौटका लागि लिइने अंग्रेजी भाषा विज्ञको व्यक्तिको सूची तयार गर्ने भएकाले विज्ञको माग गरिएको सूचनामा जनाइएको छ ।
विभागका अनुसार अंग्रेजी विषय लिई कम्तिमा स्नातकोत्तर तह उर्तीण गरेको व्यक्तिहरुले आजको १० दिनभित्रमा निवेदन दिन सक्ने बताइएको छ ।
यस्तो छ सूचना

वि.सं.२०७८ साउन ८ शुक्रवार १२:५१ मा प्रकाशित






























