back
CTIZAN AD

यातायात व्यवसायी भारत भ्रमणमा

वि.सं.२०८३ असार १० बुधवार

231 

shares

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका १६ जना यातायात व्यवसायी भारत प्रस्थान गरेका छन् ।
सार्वजनिक सवारीसाधनलाई वातावरणमैत्री बनाउने सरकारी योजनालाई साथ दिन र सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले उनीहरु र भारतको चेन्नइ प्रस्थान गरेका हुन् ।

भ्रमण दलले चेन्नइस्थित विद्युतीय सवारीसाधन निर्माता कम्पनी ‘स्वीच मोबिलिटी’द्वारा उत्पादित १२ मिटर लामो इलेक्ट्रिक बसको प्रत्यक्ष अवलोकन तथा प्राविधिक अनुसन्धान गर्ने भ्रमण दलका सदस्य सुनिल कुँवरले जानकारी दिए ।

पूर्व यातायात व्यवस्थापन प्रालिका अध्यक्ष सुनिल कुँवरले भ्रमणबाट प्राप्त हुने प्राविधिक जानकारी र अनुभवले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवद्र्धन गर्न मद्दत पुग्ने बताए ।

“हाम्रो मुख्य उद्देश्य नेपालमा डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनको विकल्पमा वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्ने सम्भावनाको खोजी गर्नु हो”, उनले भने ।

वि.सं.२०८३ असार १० बुधवार १३:२७ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...