back
CTIZAN AD

जङ्गली जनावरबाट पिडितलाइ राहत

वि.सं.२०८३ असार १० बुधवार

228 

shares

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३ लाख १४ हजार ६०५ राहत रकम वितरण गरिएको छ ।

कोसी टप्पु वन्यजन्तु आरक्ष वरपर बस्ने स्थानीयलाई विभिन्न जङ्गली जनावारले विभिन्न प्रकारका क्षति पु¥याएकाले सो रकम प्रदान गरिएको हो । जङ्गली जनावरले असोज महिनामा सबैभन्दा बढी क्षति पु¥याएको आरक्षका अधिकृत अङ्कीत पौडेलले जानकारी दिए ।

असोज महिनामा रु १२ लाख ३८ हजार ६०५ राहत वितरण गरिएको छ । जङ्गली जनावरको आक्रमणमा समान्य घाइते भएकालाई रु आठ हजार ६०५, भण्डारण गरिएको अन्नको क्षतिबापत रु १२ हजार घरगोठको क्षतिबापत रु २६ हजार अन्नबालीको क्षतिबापत रु ११ लाख ९२ हजार मानिसको मृत्युबापत वैशाखमा रु १० लाख राहत रकम वितरण गरेको हो ।
गत वैशाख महिनामा जङ्गली जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको र मृत्यु’बापत पीडित परिवारलाई रु १० लाख राहत रकम वितरण गरिएको थियो ।

कात्तिकमा अन्न बालीको क्षतिबापत रु २४ हजार ५०० फागुनमा घरगोठ क्षतिबापत रु १४ हजार र अन्नबालीको क्षतिबापत रु ३७ हजार ५०० गरी कूल रु ५१ हजार ५०० राहत वितरण गरिएको थियो ।

वि.सं.२०८३ असार १० बुधवार १३:१६ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...