back
CTIZAN AD

सीमाबाट फर्काएर १९४ जनालाई परिवारमा मिलन

वि.सं.२०७३ फागुन ८ आइतवार

729 

shares

८ फागुन,रत्ननगर (चितवन) । माइती नेपालले चितवनको क्षेत्रीय कार्यालयअन्तर्गत बेचबिखनको उद्देश्यले लैजाँदै गरेका १९४ जनालाई सीमा क्षेत्रबाट फर्काएर परिवारमा पठाएको छ ।

गएको एक वर्षमा यसरी उनीहरूलाई घर फर्काइएको माइती नेपाल चितवनका क्षेत्रीय कार्यक्रम संयोजक युवराज दवाडीले जानकारी दिनुभयो । सहजकर्ता, स्वयम्सेवक ठाउँठाउँमा परिचालन गरी उनीहरूलाई घर पठाइएको हो ।

एक वर्षमा बेचबिखन हुनबाट १०२ जनालाई रोकेको र बेचबिखनमा परेका ३४ जनाको उद्धार गरेको समेत उहाँले जानकारी दिनुभयो ।

एक वर्षे अवधिमा दुई हजार १६४ जनालाई वैदेशिक रोजगारबारे जानकारी गराइएको छ । १३ हजारभन्दा बढी प्रचार सामग्री वितरण गरेको माइती नेपालकी सहजकर्ता जयन्ती खनालको भनाइ छ ।

हराएको भनी माइती नेपालमा खोजीका लागि १०३ जनाको निवेदन परेकोमा ४० जना भेटिएका छन् । घरेलु हिंसामा परेका ४१ घटनामध्ये २४ घटना समाधान भएको माइती नेपालले जनाएको छ ।

पछिल्लो समयमा यातायातकर्मीलाई प्रशिक्षण दिएर उनीहरूलाई चेतना दिन थालिएको छ । सार्वजनिक यातायातमा काम गर्ने कर्मचारीले सामान्य ध्यान दिए भने यो बेचबिखन न्यूनीकरण हुनसक्ने भएकाले उनीहरूलाई चेतना दिन थालिएको हो ।

वि.सं.२०७३ फागुन ८ आइतवार ०६:५२ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...