back
CTIZAN AD

एक्काइस वर्षपछि उपचार पाइन् जयनन्दाले

वि.सं.२०७३ फागुन ८ आइतवार

783 

shares

८ फागुन,बाजुरा । बडिमालिका नगरपालिका–९ की ६० वर्षीया जयनन्दा पाध्याय पाठेघरको बिरामी भएको २१ वर्ष पुग्यो । तीन सन्तानकी आमा पाध्यायले अर्थाभावका कारण जिल्ला बाहिर गएर उपचार गर्न सक्नुभएको थिएन ।

सामान्य परिवारकी पाध्यायले पाठेघरको उपचार गराउन नसक्दा धेरै सास्ती भोग्नुपरेको थियो । जिल्लामै पाठेघर खस्नेको उपचार नहुँदा उहाँले रोग पालेर बस्न बाध्य हुनभएको हो ।
जिल्लामा पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शिविर आयोजना गरेकाले लामो समयपछि उपचार गरेको उहाँले बताउनुभयो ।

पाध्याय जस्तै पाठेघरको रोग पाल्दै आउनुभएकी दुर्गम विकट गाविस कोल्टी–९ नुरीकी ७० वर्षीया दुर्गा बोहराले पनि शिविरमा उपचार गराउनुभयो । पाठेघर खस्ने समस्या भएको पाँच वर्षपछि बोहराले उपचार गराउनु भएको हो । आर्थिक अभावका कारण मर्ने बेलामा के उपचार गराउने भन्ने सोचमा रहेकी थिए तर जिल्लामै निःशुल्क शिविर सञ्चालन भएपछि पाठेघरको उपचार गर्न आएको उहाँले बताउनुभयो ।

शिविरमा आर्थिक अभावका कारण पाठेघर खस्ने समस्या भएका अधिकांश महिलालाई राहत मिलेकामा बोहराले खुशी व्यक्त गर्नुभयो ।

पाध्याय र बोहराको जस्तै जुकोट गाविस–८ जुकुकी ४६ वर्षीया चैती जैशीले पाठेघर खस्ने समस्याको निःशुल्क शिविर सञ्चालन हुने खबर पाएपछि सदरमुकाम पुग्नुभएको थियो ।

पाठेघर खस्ने समस्या सुरु भएको १० वर्ष पुगेको भइसक्दा पनि आर्थिक समस्याले उपचार गर्न नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो– जिल्ला बाहिर गएर उपचार गर्न लाखाँै खर्च लाग्थ्यो तर त्यो क्षमता आफूसँग थिएन ।

शिविर सञ्चालनका कारण जिल्लाका महिला पाठेघर खस्ने समस्याको उपचार एकामा खुशी देखिन्थे ।

जिल्लामा ग्रामीण भेगका महिलाले गर्भवती हुँदा गह्रुँगो भारी बोक्ने गरेकाले यस्तो समस्या आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी रामचन्द्र यादवले बताउनुभयो ।

यादवले ग्रामीण भेगका महिलाले सुत्केरी भएका बेला आराम नगर्ने र पोषणयुक्त खानेकुरा र पहेँला फलफूल नखाने र सुख्खारोटी खाएर बस्ने गर्छन् । महिलाले गर्भावस्थामा ठूला सामान नबोक्ने, आराम गर्नेजस्ता कार्य गरे पाठेघर खस्ने समस्या टर्ने सुझाव दिनुभयो ।

महिलाको पाठेघर खस्ने समस्या बाजुरामा बढी भएकाले निःशुल्क शिविर सञ्चालन गरिएको शिविर संयोजक रामबहादुर मल्लले बताउनुभयो । शिविरबाट जिल्लाका महिलालाई सेवा दिनकै लागि पहिलो प्राथमिकता बाजुरालाई दिएको उहाँले जानकारी दिनुभयो ।

संयोजक मल्लले शिविरमा आएका हिमाली जिल्लाका बिरामीलाई यातायात खर्चबापत रु एक हजार ५०० र पाँच दिनसम्मको खाना खर्च व्यहोरेको छ । शिविरमा सामान्य उपचारदेखि शल्यक्रिया गरिएको छ भन्नुभयो ।
शुक्रबारबाट सञ्चालन भएको शिविरमा आठ महिलाको शल्यक्रिया गरिएको छ । सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको सो शिविरमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

वि.सं.२०७३ फागुन ८ आइतवार ०८:२० मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...