back

एक्काइस वर्षपछि उपचार पाइन् जयनन्दाले

वि.सं.२०७३ फागुन ८ आइतवार

471 

shares
GLOBAL IME AD
NTC AD

८ फागुन,बाजुरा । बडिमालिका नगरपालिका–९ की ६० वर्षीया जयनन्दा पाध्याय पाठेघरको बिरामी भएको २१ वर्ष पुग्यो । तीन सन्तानकी आमा पाध्यायले अर्थाभावका कारण जिल्ला बाहिर गएर उपचार गर्न सक्नुभएको थिएन ।

सामान्य परिवारकी पाध्यायले पाठेघरको उपचार गराउन नसक्दा धेरै सास्ती भोग्नुपरेको थियो । जिल्लामै पाठेघर खस्नेको उपचार नहुँदा उहाँले रोग पालेर बस्न बाध्य हुनभएको हो ।
जिल्लामा पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शिविर आयोजना गरेकाले लामो समयपछि उपचार गरेको उहाँले बताउनुभयो ।

पाध्याय जस्तै पाठेघरको रोग पाल्दै आउनुभएकी दुर्गम विकट गाविस कोल्टी–९ नुरीकी ७० वर्षीया दुर्गा बोहराले पनि शिविरमा उपचार गराउनुभयो । पाठेघर खस्ने समस्या भएको पाँच वर्षपछि बोहराले उपचार गराउनु भएको हो । आर्थिक अभावका कारण मर्ने बेलामा के उपचार गराउने भन्ने सोचमा रहेकी थिए तर जिल्लामै निःशुल्क शिविर सञ्चालन भएपछि पाठेघरको उपचार गर्न आएको उहाँले बताउनुभयो ।

शिविरमा आर्थिक अभावका कारण पाठेघर खस्ने समस्या भएका अधिकांश महिलालाई राहत मिलेकामा बोहराले खुशी व्यक्त गर्नुभयो ।

पाध्याय र बोहराको जस्तै जुकोट गाविस–८ जुकुकी ४६ वर्षीया चैती जैशीले पाठेघर खस्ने समस्याको निःशुल्क शिविर सञ्चालन हुने खबर पाएपछि सदरमुकाम पुग्नुभएको थियो ।

पाठेघर खस्ने समस्या सुरु भएको १० वर्ष पुगेको भइसक्दा पनि आर्थिक समस्याले उपचार गर्न नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो– जिल्ला बाहिर गएर उपचार गर्न लाखाँै खर्च लाग्थ्यो तर त्यो क्षमता आफूसँग थिएन ।

शिविर सञ्चालनका कारण जिल्लाका महिला पाठेघर खस्ने समस्याको उपचार एकामा खुशी देखिन्थे ।

जिल्लामा ग्रामीण भेगका महिलाले गर्भवती हुँदा गह्रुँगो भारी बोक्ने गरेकाले यस्तो समस्या आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी रामचन्द्र यादवले बताउनुभयो ।

यादवले ग्रामीण भेगका महिलाले सुत्केरी भएका बेला आराम नगर्ने र पोषणयुक्त खानेकुरा र पहेँला फलफूल नखाने र सुख्खारोटी खाएर बस्ने गर्छन् । महिलाले गर्भावस्थामा ठूला सामान नबोक्ने, आराम गर्नेजस्ता कार्य गरे पाठेघर खस्ने समस्या टर्ने सुझाव दिनुभयो ।

महिलाको पाठेघर खस्ने समस्या बाजुरामा बढी भएकाले निःशुल्क शिविर सञ्चालन गरिएको शिविर संयोजक रामबहादुर मल्लले बताउनुभयो । शिविरबाट जिल्लाका महिलालाई सेवा दिनकै लागि पहिलो प्राथमिकता बाजुरालाई दिएको उहाँले जानकारी दिनुभयो ।

संयोजक मल्लले शिविरमा आएका हिमाली जिल्लाका बिरामीलाई यातायात खर्चबापत रु एक हजार ५०० र पाँच दिनसम्मको खाना खर्च व्यहोरेको छ । शिविरमा सामान्य उपचारदेखि शल्यक्रिया गरिएको छ भन्नुभयो ।
शुक्रबारबाट सञ्चालन भएको शिविरमा आठ महिलाको शल्यक्रिया गरिएको छ । सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको सो शिविरमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

वि.सं.२०७३ फागुन ८ आइतवार ०८:२० मा प्रकाशित

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...