back
CTIZAN AD

अब दुई दिन भित्र कर नतिरे उद्योग व्यवसाय सिलबन्दी गर्ने महानगरपालिकाको चेतावनी

वि.सं.२०७८ साउन १३ बुधवार

612 

shares

१३ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तोकिएको अवधिमा कर तिर्न नआउने करदाताको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने चेतावनी दिएको छ ।

यसअघि कामपाले गत असार १६ गते कर तिर्नका लागि ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । सूचनाअनुसार अब कर तीर्ने समय दुई दिन मात्र बाँकी छ सोही समयमा कर नबुझाए घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने चेतावनी कामपाले दिएको छ ।

समयमा नै कर तीर्नका लागि भन्दै कामपाले आजदेखि घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा माइकिङ शुरु गरेको छ । कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीका अनुसार पहिलो चरणमा हामीले नाम सार्वजनिक गरेका २० करदातामध्ये आजसम्ममा वडा ११ को एनआरटी क्लब, वडा १३ को काठमाडौँ इञ्जिनीयरिङ कलेज र वडा ४ का देवेन्द्र श्रेष्ठ सम्पर्क मात्र सम्पर्कमा आएका छन् ।

कामपालाई करको विवरणसम्म नबुझाउने अन्य करदातामा वडा १४ का आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान र एलआरआइ स्कूल, वडा १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा ४ का देवेन्द्र श्रेष्ठ छन् ।

यसैगरी वडा २२ को आरबी कम्प्लेक्स, वडा २४ को सुरज आर्केट, वडा २९ को शुभश्री कोपर्रेटिभ लिमिटेड, वडा २८ का काठमाडौँ प्लाजा र नेपाल शेयर मार्केट र वडा ३० का गोपालजी प्रपर्टिज प्रालि र स्टार मल रहेका छन् । -रासस

वि.सं.२०७८ साउन १३ बुधवार २१:१४ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...