back
CTIZAN AD

पूर्वमाओवादी नेताहरुको रिट निवेदन ‘हेर्न नभ्याइने’मा

वि.सं.२०७८ साउन १४ बिहीवार

783 

shares

साउन १४, काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट कारबाहीमा परेका चार पूर्वसांसदहरुले दायर गरेको रिट निवेदन हेर्न नभ्याईनेमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको निवेदनमाथि सुनुवाईका लागि समय नपुगेन हेर्न नभ्याइनेमा राखिएको हो । हेर्न नभ्याइने’मा परेको उनीहरूको निवेदनमाथि अब १५ साउनमा सुनुवाइ तोकिएको छ।

एमालेमा रहेका पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय संसद् सचिवालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।

उनीहरुले आफुँमा एमालेमा नरहेको र माओवादी केन्द्र नछाडेको भन्दै कारबाही गर्न नमिल्ने जिकिर रिट निवेदनमा गरेका छन् । निवेदकको तर्फबाट गरिएको निवेदनमा माओवादी केन्द्रले गरेको कारबाही प्रक्रियामाथि प्रश्न उठाएका छन् ।

सर्वोच्चको अदालतले नेकपा नामको मुद्दामा ०७७ फागुन २३ गरेको फैसलासँगै उनीहरु नेकपा (एमाले)मा प्रवेश गरेका थिए । एमाले प्रवेश गरेका उनीहरुलाई माओवादी केन्द्रले कारबाही गरेको थियो । केन्द्रले २०७७ चैत २४ मा सांसद पदबाट पनि कारबाही गर्न संघीय संसदलाई निवेदन पठाएको थियो ।

सोही पत्रअनुसार सभामुखले पद रिक्त भएको सूचना सुनाएका थिए । २०७७ चैत २४ गते संघीय संसद्का महासचिवलाई पत्र लेखेर चार सांसदलाई पार्टीले कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए । त्यसको दुई दिनपछि सभामुखले उनीहरूको पद रिक्त भएको जानकारी सार्वजनिक गरेका थिए ।

सम्बन्धित समाचार

पूर्वमाओवादी नेताहरुको मुद्दा दीपककुमार कार्कीको इजलासमा

वि.सं.२०७८ साउन १४ बिहीवार १६:३० मा प्रकाशित

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...