back
CTIZAN AD

पूर्वमाओवादी नेताहरुको मुद्दा दीपककुमार कार्कीको इजलासमा

वि.सं.२०७८ साउन १४ बिहीवार

768 

shares

साउन १४, काठमाडौं । सांसद पद पुनबर्हालीको माग गर्दै पूर्वमाओवादी नेताहरुले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ । चारै नेताको मुद्दा न्यायाधीश दीपककुमार कार्कीको इजलासमा परेको छ ।

माओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

आफूहरु औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश नगरेको तर माओवादी केन्द्रले पार्टी परित्याग गरेको भन्दै कारवाही गरेकाले उक्त निर्णय बदर गर्न, सांसद पदबाट हटाउने संघीय संसद सचिवालयको निर्णय बदर गर्न र सांसदकै रुपमा कामकाज गर्न दिन माग गर्दै उनीहरुले रिट दर्ता गराएका थिए ।

उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने जिकिर गरेका छन्।

फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई मन्त्री बनाएका थिए।

वि.सं.२०७८ साउन १४ बिहीवार ११:५४ मा प्रकाशित

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...