१५ साउन, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पाँच प्रदेशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।
त्यस्तै राति पनि प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी आज कन्काई, कमला, बागमतीमा बहाव बढ्ने; कोशी, नारायणी, कर्णाली , महाकाली र यिनका सहायक नदीहरू तथा पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
वि.सं.२०७८ साउन १५ शुक्रवार ०९:१६ मा प्रकाशित






























