back
CTIZAN AD

खोप लगाउनेलाई फकाउँदै बाइडेन : १०० डलर दिने

वि.सं.२०७८ साउन १५ शुक्रवार

621 

shares

१५ असार । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड विरुद्धको खोप लगाउन प्रोत्साहन गर्न नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई निर्देशन दिएका छन्। उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि खोपसम्बन्धी नयाँ कडा निर्देशन जारी गरेका हुन्।

सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्न यस्तो निर्देशन जारी गरेको विविसी अनलाइनले जनाएको छ ।

राष्ट्रपति बाइडेनले अमेरिकी संघीय कामदारहरुका लागी भ्याक्सिन सम्बन्धी कडा आदेश जारीसमेत गरेका छन्, जुन देशकै सबैभन्दा ठूलो जनशक्तिसँगै २० लाख मानिसहरु बस्छन् । ।

नयाँ निर्देशनमा कर्मचारीहरूले खोपको प्रमाण देखाउन पर्नेछ वा अनिवार्य परीक्षण र मास्क लगाउनु पर्ने हुन्छ। आधिकारिक विवरण अनुसार हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र खोपको पूरा मात्रा लिएका छन्।

बिहीबार ह्वाइट हाउसमा बोल्दै बाइडेनले नयाँ संक्रामक डेल्टा भेरिअन्टको फैलावट बढी हुने भएको र उक्त भेरिअन्टले खोप नलगाएकाहरू नराम्रो प्रभाव देखिएका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताए। बाइडेनले भने ‘नयाँ उपायहरू अति संक्रामक डेल्टा प्रकारको फैलावटको परिणाम हो र यो ‘अनभ्यासिनेटेड महामारी’ बाट नराम्रो बनेको छ।’

भ्यक्सिन लगाए धेरै मृत्युदर घटाउन सकिने उनको भनाई छ । उनले खोप लगाउने नयाँ व्यक्तिहरूलाई दिने भनि घोषणा गरिएको प्रतिव्यक्ति एक सय डलर राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गत रहेको १.९ ट्रिलियनको कोषबाट प्रयोग गर्न सक्ने बताएका छन्।

 

वि.सं.२०७८ साउन १५ शुक्रवार ०९:२८ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...