back
CTIZAN AD

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

वि.सं.२०८३ असार १४ आइतवार

678 

shares

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी दुई ठूला भूकम्पपछि २४ देशले मानवीय सहायता, विशेष उद्धार टोली र हजारौं आपतकालीन प्रतिक्रियाकर्मी पठाएर सहयोग गरेका छन् ।

शनिबार टेलिग्राममा पोस्ट गरिएको विज्ञप्तिमा भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भेनका छन् , “अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म ५२१ टन राहत सामग्री, ८६ वटा विशेष कुकुर खोज टोली र दुई हजार ७४१ भन्दा बढी खोज, उद्धार तथा प्राविधिक सहयोग कर्मी पठाएको छ, जसले भेनेजुएली टोलीसँग मिलेर विपद् व्यवस्थापनमा काम गरिरहेका छन्।”

उनले थपे, “अन्तर्राष्ट्रिय कर्मीहरू भेनेजुएली अधिकारीहरूसँग मिलेर दुई भूकम्पबाट प्रभावित क्षेत्रमा निरन्तर खोज, उद्धार र राहत कार्य गरिरहेका छन् ।”

सीएनएनका अनुसार, “भेनेजुएलाका राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले दिएको अद्यावधिक जानकारीअनुसार बुधबार भएको विनाशकारी दुई भूकम्पबाट कम्तीमा १,४३० जनाको मृत्यु भएको पुष्टि भएको छ।”

उनले तीन हजार २३८ जना घाइते भएको र तीन हजार १४२ परिवार घरबारविहीन भएको बताएका छन् ।

उद्धार टोलीहरूले बाँचेकाहरूको खोजी जारी राखेका छन् तर महत्वपूर्ण उद्धार समय सकिँदै गएको छ । भारी उपकरणको अभाव र निरन्तरको पराकम्पनले कार्यमा बाधा पु¥याइरहेको छ।

बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई ठूला भूकम्प गएपछि देशमा पटक–पटक साना ठूला पराकम्पनहरू गएका छन्, जसले उद्धार तथा राहत कार्यलाई जटिल बनाएको छ।

आइतबार ‘युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर’ ले भेनेजुएलाको तटबाट ५.६ म्याग्निच्युडको भूकम्प गएको पत्ता लगाएको थियो, जसले आरागुवा तट नजिकको पानी क्षेत्रलाई प्रभावित गरेको थियो।

सीएनएनका अनुसार, भूकम्पलाई लोगारिदमिक म्याग्निच्युड स्केलमा मापन गरिन्छ, जहाँ प्रत्येक पूर्ण संख्या बढ्दा ऊर्जा रिलिज करिब ३२ गुणा बढी हुन्छ।

पहिलो भूकम्पभन्दा करिब ४० सेकेन्डपछि गएको भेनेजुएलाको दोस्रो ७.५ म्याग्निच्युडको भूकम्पले पहिलो ७.२ म्याग्निच्युडको भूकम्पभन्दा निकै बढी कम्पन गराएको थियो । (रासस/एएनआई)

वि.सं.२०८३ असार १४ आइतवार १६:३४ मा प्रकाशित

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

काठमाडौँ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय...

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा ठगीका घटनाप्रति सचेत रहन...