back
CTIZAN AD

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

वि.सं.२०८३ असार १४ आइतवार

258 

shares

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८÷८४ को बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने स्पष्ट पार्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा बजेटबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रदेश सरकारले यथार्थ र कार्यान्वयनयोग्य बजेट ल्याइएको बताए । “स्रोत सुनिश्चित गरेर बजेट ल्याइएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन”, उनले भने ।

तलब वृद्धि र महँगी भत्ताका कारण चालु खर्चतर्फको बजेट बढाउनुपरेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । नागरिकका माग र आवश्यकतालाई बजेटमा अधिकतम रूपमा सम्बोधन गर्ने प्रयत्न गरिएको उनकोे भनाइ छ । प्रदेश सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको जनाउँदै उनले आगमी दिनमा पनि प्रशासनिक खर्च कटौती र मितव्ययिता कायम गरिने बताए । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनलगायत विविध कारणले चालु आवमा प्रदेश सरकारको कार्यप्रगति अपेक्षित रूपमा हुन नसकेको उनकोे भनाइ छ ।

मुख्यमन्त्री पाण्डेले गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना सञ्चालनका लागि सङ्घ सरकारसँग समन्वय गरिने बताए । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्र्तराष्ट्रिय उडान सञ्चालनका लागि प्रदेश सरकारले पहल गरिरहेको उनकोे भनाइ छ । बजेटमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूबाट प्राप्त सुझाव, सल्लाह र जिज्ञासालाई प्रदेश सरकारले आत्मसात गर्ने मुख्यमन्त्री पाण्डेले बताए ।

आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले यही असार ५ गते प्रदेशसभामा प्रस्तुत गर्नुभएको आगामी आवको सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि समग्र बजेटबारे मुख्यमन्त्री पाण्डेले आफ्नो भनाइ राखेका हुन् ।

आजको बैठकको विशेष समयमा पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले जननेता मदन भण्डारीको व्यक्तित्वबारे चर्चा गरेका थिए । बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचन र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले सम्बन्धित मन्त्रालयको विनियोजन शीर्षकमा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नमा जवाफ प्रस्तुत गरेका थिए । गण्डकी प्रदेश सरकारले यही असार १ गते रु ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको थियो ।

वि.सं.२०८३ असार १४ आइतवार १६:२८ मा प्रकाशित

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री...

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य...

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

काठमाडौं । ब्रिटिस काउन्सिलको आयोजनामा हुन लागेको अनलाइन सम्मेलनमा सिर्जनशीलता,...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा...