back
CTIZAN AD

शेयर खरिद प्रकरणः वरिष्ठ उपाध्यक्ष ढकालको नाम जोडिएपछि महासंघ द्धारा आपत्ति

वि.सं.२०७८ साउन १९ मंगलवार

621 

shares

१९ साउन, काठमाडौं । शेयर खरिद प्रकरणमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको नाम जोडिएको प्रति नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ ।

सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै महासंघले ढकालको नाम जोडिनु गलत भएको भन्दै आपत्ति जनाएको हो । महासंघले सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिदसम्बन्धी विषयमा ढकालको कुनै संलग्ना नरहेको दाबी गरेको छ ।

महासंघका अनुसार नेपाल धितोपत्र बोर्डमा महासंघको तर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्थाअनुसार महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई २०७७ मङ्सिर ३० मा बोर्डको प्रतिनिधि तोकेको हो । तर, वरिष्ठ उपाध्यक्ष ढकालको बोर्ड बैठकमा २०७७ माघ ११ गतेदेखि मात्रै उपस्थिति रहेको बताइएको छ ।

ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र बोर्डमा सञ्चालकको रुपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि २०७७ मङ्सिर १४ मा गरिएको शेयर कारोवारको विषयलाई जोडेर अहिले गलत प्रचार भएको सो विज्ञप्तिमा उल्लेख छ ।

‘उहाँसँग उहाँका भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै शेयर कारोवार गरिएको हो’, महासंघले विज्ञप्तिमा भनेको छ ।

आइतबार नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र सञ्चालक चन्द्रप्रसाद ढकाललाई तत्काल निलम्बन गरी छानबिनको प्रक्रिया अगाडि बढाउन माग गर्दै विज्ञप्ती सार्वजनिक गरेका थिए । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरण अध्यक्ष र सञ्चालकको संलग्नता रहेको कुरा सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका थिए ।

लगानीकर्तालाई नै अन्यौंलमा पार्ने समाचार नदिन आग्रह
यसैबीच नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले पुुँजीबजारलाई प्रभावित पार्ने गरि समाचार प्रकाशित नगरिदिन आग्रह गरेको छ । सोमबार एक विज्ञप्तीमार्फत संगठनले यस्तो आग्रह गरेको हो ।
संगठनले बोर्ड र बोर्डसम्बन्ध निकायसँग जोडिएका विषयहरु सम्बन्धित निकायबाटै आउने भन्दै विषयलाई अनर्गल प्रचार नगरिदिन आग्रह गरेको छ ।
‘बोर्डबाट बजार सुधार गर्ने क्रममा धितोपत्र बजारमा रहेका संचालनात्मक तथा संरचनात्मक कमीकमजोरीहरुमा सुधारको प्रयासमा व्यवधानजन्य कार्यहरु भएगरेको विभिन्न सामाजिक संजालमा राखिएका सामाग्रीहरुबाट देखिन्छ, यस्ता गतिविधिहरुबाट धितोपत्र बजारको निरन्तर सुधार तथा विकास कार्यमा लाग्ने धितोपत्र बोर्डका कर्मचारी तथा सम्बद्ध निकायका कर्मचारीहरुको मनोवलमा नकारात्मक प्रभाव पर्नुका साथै बजार विकासमा अवरोध आउनसक्ने विषयमा सवैलाई संयमित तथा चनाखो हुन अनुरोध गर्दछौ’, विज्ञप्तीमा भनिएको छ, ‘धितोपत्र बोर्ड, बोर्डका पदाधिकारी तथा धितोपत्र बजारका सम्बन्धमा संचार माध्यमहरुमा आएका विषयहरुलाई सम्बन्धित निकायबाट विना पूर्वाग्रह सत्य तथ्यमा आधारीत भई आवश्यक्तानुसार वास्तविकता बाहिर ल्याउन र बोर्डको कार्य बातावरणलाई प्रभावित हुन नदिन यसै विज्ञप्ती मार्फत बोर्ड व्यवस्थापन तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौ ।’

शेयर चलखेलमा बोर्ड अध्यक्ष छोरीको नाम
गत साउन १२ गते हालै मात्र ‘बुक बिल्डिङ’मार्फत प्राथमिक शेयर (आइपिओ) जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको ११ हजार ९ सय ९२ कित्ता शेयर प्रक्रियाबाहिरबाट खरिद गरिएको विषय बाहिर आएको थियो । बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले आफ्नी छोरी रेविका ढुंगानाको नाममा उक्त शेयर खरिद गरेको विषय सार्वजनिक भएको थियो ।
बुक बिल्डिङमार्फत धितोपत्र जारी गर्ने तयारीमा रहेको कम्पनीको सेयर खरिद गरेको विषय सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए । सञ्चारमाध्यममार्फत उक्त कुरा सार्वजनिक भएसँगै साउन १३ मा अर्थमन्त्रालयले बोर्डको नाममा स्पष्टीकरणका लागि पत्र पठाएको थियो ।

वि.सं.२०७८ साउन १९ मंगलवार ०७:३७ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...