२२ साउन, काठमाडौं । भुटान सरकारले नेपाललाई दिएको तीनलाखऐस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार भुटानको ड्रुक एयरको कार्गो विमानमार्फत् ल्याइएको उक्त खोप शुक्रबार बिहान ९ः४० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उतारिएको हो ।
उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकाहरुलाई लगाइने विभागले जानकारी दिएको छ । कोभिसिल्ड लगाएर बसेका झण्डै ९ लाख बढी जेष्ठ नागरिकसहित १३ लाख ३८ हजार बढीले दोस्रो मात्राको खोप लगाउन पाएका छैनन् । साथै जापान सरकारले दिने भएको १६ लाख एस्ट्राजेनिका खोप पनि दोस्रो मात्राको खोप कुरिरहेकाहरुलाई नै लगाउने बताइएको छ ।
वि.सं.२०७८ साउन २२ शुक्रवार १३:२६ मा प्रकाशित






























