back
CTIZAN AD

उपाध्यक्षको ससुराको मृत्युमा गाउँपालिकाले दियो सार्वजनिक विदा

वि.सं.२०७८ साउन २२ शुक्रवार

768 

shares

२२ साउन, काठमाडौं । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले उपाध्यक्ष गीता तिम्सिना गौतमका ससुराको मृत्युको शोकमा सार्वजनिक विदा दिएको छ ।

पालिकाले उपाध्यक्षका ९६ वर्षीय ससुराको विहीवार राति ११ः४० मा असामयिक निधन भएको निधनले मेन्छ्यायेम गाउँपालिका परिवार मर्माहत भएको भन्दै सार्वजिनक विदा दिएको प्रेसविज्ञप्ति मार्फत् जनाएको छ ।

‘यस शोकको घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै मिति २०७८/०४/२२ गते शुक्रवार एकदिन यस गाउँपालिकाको कार्यालय, वडा कार्यालहरु, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु एवं गाउँपालिका मातहतका कार्यालयहरु (स्वास्थ्य संस्था बाहेक) मा शोक विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धीत सबैमा जानकारी गराइन्छ ।’ पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलद्धारा जारी सूचनामा भनिएको छ ।

वि.सं.२०७८ साउन २२ शुक्रवार १३:४२ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...