साउन २२, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठक काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा जारी छ । बिहीबारदेखि शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् ।
बिहीबार २२ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । आजको बैठकमा पनि बाँकी केन्द्रीय सदस्यहरुले बोल्ने कार्यक्रम रहेको माधवकुमार नेपालको सचिवालयले जनाएको छ ।
सुरेन्द्र पाण्डे र भीम रावलसहित ७ नेता सहभागि
शुक्रबारको बैठकमा थप केहि केन्द्रीय सदस्य उपस्थित भएका छन् । पहिलो दिनको बैठकमा उपस्थित नभएका थप ७ नेता दोस्रो दिनको बैठकमा देखिएका हुन् ।
बैठकस्थलमा राखिएको उपस्थिति माइन्युटमा ७७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । यसअघि बिहीबारको बैठकमा ७० जना नेताले हस्ताक्षर गरेका थिए ।
दोस्रो दिनको बैठकमा यसअघि उपस्थित नभएका नेताहरु सुरेन्द्र पाण्डे र भीम आचार्य पनि सहभागि छन् । माधव पक्षमा देखिँदै आएका योगेश भट्टराई भने बैठकमा उपस्थित छैनन् । उनले अनुपस्थितिको कारण कोरोनाको कन्ट्याक्ट ट्रेसिङलाई देखाएका छन् ।
वि.सं.२०७८ साउन २२ शुक्रवार १४:१२ मा प्रकाशित






























