back
CTIZAN AD

किमाथाङ्काबाट कोरोना खोपको आपूर्ति मिलाउन सरकारसँग माग

वि.सं.२०७८ साउन २२ शुक्रवार

627 

shares

२२ साउन, किमाथाङ्का । चीनसँग सीमानाका जोडिएको सङ्खुवासभाको किमाथाङ्का मार्फत कोरोना खोपको आपूर्ति मिलाउन सरकारसँग माग गरिएको छ ।

नेपाली कांग्रेसका नेता दीपक खड्काका नेतृत्वमा गएको सङ्खुवासभावासी प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटगरी चाँडो कोरोना खोपको सुनिश्चितता प्रदान गर्न आग्रह गरेका हो ।

“सङ्खुवासभाका सबै स्थानीय तहका जनताले कोरोना खोप प्राप्त गर्नुपर्छ, किमाथाङ्काबाट कोरोना खोप ल्याउन लाग्ने हेलिकोप्टर ढुवानी म आफू बेहोर्छु”, उनले भने ।

नेता खड्काले दुवै चरणको खोप लगाएका जनतालाई निर्वाधरूपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न, कोरोनाको बहाना देखाएर बन्द रहेका सबै सरकारी कार्यालयका कर्मचारीलाई खोप प्रदान गरेर सञ्चालन गर्न र दुवैमात्रा खोप लगाएका पर्यटकलाई निर्वाधरूपमा मुलुकमा घुम्ने वातावरण निर्माण गर्न आग्रहसमेत गरे ।

सो अवसरमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकार तेस्रो चरणको कोरोना महामारीका बारेमा सचेत रहेको र यसका लागि आवश्यक गृहकार्य थालिसकेको जानकारी दिए । उनले पाँच करोड २२ लाख डोज खोप सुनिश्चित गरेको बताए ।

वि.सं.२०७८ साउन २२ शुक्रवार १६:१७ मा प्रकाशित

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...