२४ साउन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज सबैको लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको १० दशमलव ५० प्रतिशत बोनश बापतको १ लाख ९५ हजार ७ सय ७२ दशमलव ५० कित्ता शेयर सूचिकृत भएको हो ।
संस्थाले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई १० दशमलव ५० प्रतिशत बोनश शेयर र ० दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
वि.सं.२०७८ साउन २४ आइतवार १२:४८ मा प्रकाशित


























