back
CTIZAN AD

एमाले विवाद मिलाउन शितल निवास सक्रिय, माधव पक्षका नेताहरुलाई बोलाउँदै फकाउँदै

वि.सं.२०७८ साउन २४ आइतवार

792 

shares

साउन २४, काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानमा सक्रिय देखिएकी राष्ट्रपति विद्यादेवी भण्डारी पछिल्लो समय एमालेको विवाद मिलाउन पनि सक्रिय भएकी छिन् । उनले विशेषतः असन्तुष्ट पक्ष र मध्यमार्गी पक्षका नेताहरुलाई बोलाउँदै सुझाब दिन थालेकी छिन् ।

पछिल्लो समय वारपारको अवस्थामा पुगेको एमाले विवादमा उनले दोस्रो तहका नेताहरुलाई बोलाउँदै सम्झाउँदै गर्न थालेकी छिन् । जसअनुसार शनिबार मात्रै माधवकुमार नेपाल पक्षमा देखिएका नेता भीम रावललाई बोलाएर छलफल गरेकी छन् । शनिबार राती भण्डारी र रावलबीच झण्डै ३ घण्टासम्म छलफल चलेको बुझिएको छ ।

यसअघि भण्डारीले एमालेमा मध्यमार्गी भूमिकामा देखिएका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, योगेश भट्टराईलगायतलाई बोलाउँदै सम्झाउँदै गरेकी थिइन् ।

ओलीसँगको छलफल पछि नेताहरुलाई फकाउँदै भण्डारी

सर्वोच्चको आदेशपश्चात प्रधानमन्त्रीबाट बाहिरिएका ओली गत साउन ८ मा भण्डारीसँग परामर्श लिन शितल निवास पुगेका थिए । शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरुलाई सोधिएको स्पष्टीकरणमा आम माफी दिने घोषणा गरेका ओली परामर्श लिन शितल निवास पुगेका थिए ।

त्यसयता भण्डारी र ओलीबीच प्रत्यक्ष भेटवार्ता भएको छैन् । तथापी अप्रत्यक्ष छलफल भने नियमित भईरहेको बताईन्छ ।

एमाले विवादमा दुवै पक्षले राखेका अडानहरु निकास दिने खालका छैनन् । तथापी माधव पक्षमा देखिएका तर एमाले विवादमा मध्यमार्गी भूमिका खेलिरहेका नेताहरुको भूमिका भने ओली पक्षका लागि सन्तोषप्रद्र्धक छ ।

बताइएअनुसार ओलीसँगको छलफलपश्चात भण्डारीले मध्यमार्गी नेताहरुसँगको छलफललाई तिव्रता दिएकी हुन् । ओलीले माधव नेपालसहित केहि नेतालाई छाडेर एमाले एकताको प्रयास गरिरहेका छन् ।

माधव पक्षलाई ‘साईज’मा ल्याउने उपायको खोजी

माधव पक्षले एमाले कार्यदलले बनाएको १० बुँदे सहमतिभन्दा माथिबाट सहमति हुनुपर्ने अडान लिईरहेको छ । शुक्रबार सम्पन्न माधव पक्षीय केन्द्रीय समिति बैठकले १० बुँदे सहमति अपूर्णं भएको निष्कर्ष निकाल्दै अन्य मागहरु अगाडि सारेको हो ।

माधव पक्षले सम्मानजनक एकतासहित पार्टीमा दुई अध्यक्ष हुनुपर्ने माग राखेको छ । साथै दुवै अध्यक्षको बराबरी हैसियतमा हस्ताक्षर चल्ने व्यवस्था हुनुपर्ने माग राखेको छ । माधव पक्षले आफुँले बनाएका समानान्तरक कमिटीलाई मान्यता दिई कमिटीमा रहेका नेताहरुलाई सम्मानजनक रुपमा ठाउँ दिनुपर्ने पनि माग राखेको छ ।

माधव पक्षको बैठकले उठाएका यी मागहरुबारे एक साताभित्र निकास खोज्ने कार्यदलका सदस्यहरुले प्रतिबद्धता जनाएका छन् । तर, यी मागप्रति एमालेको ओली पक्ष पूर्णं असहमत छ । माधव पक्षका मध्यमार्गी नेताहरुलाई शितल निवासले बोलाएर भेट्नुमा यी कारण पनि जोडिएको धेरैको बुझाई छ ।

वि.सं.२०७८ साउन २४ आइतवार १३:१७ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...