back
CTIZAN AD

गरिमाको खुद नाफा ४३ प्रतिशतले बढ्यो, वितरण योग्य नाफा साढे ६० करोड

वि.सं.२०७८ साउन २८ बिहीवार

588 

shares

२८ साउन, काठमाडौ । गरिमा विकास बैंकको नाफा करिब ४३ प्रतिशतले वृद्धि भएको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ४२.९७ प्रतिशत अर्थात् २४ करोड ८० लाख रुपैयाँ खुद नाफा थप गरेको हो ।

अघिल्लो आवमा बैंकले ५७ करोड ७२ लाख ५५ हजार रुपैयाँ खुद नाफा गरेकोमा गत आवमा २ करोड ५२ लाख ८ हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।

बैंकद्वारा सार्वंजनिक गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ६० करोड ५७ लाख १२ हजार रुपैयाँ छ ।
हाल बैंकको कायम चुक्ता पुँजी ३ अर्ब २३ करोड ३८ लाख रुपैयाँ हो ।

जसअनुसार गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १८.७० प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

यसैगरी, गत आवमा बैंकले ६३ अर्ब ९० करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ८० करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले सो अवधिमा १ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १९.३७ प्रतिशत बढी हो । साथै, सो अवधिमा बैंकले ३३.८४ प्रतिशतले थप गरी २ अर्ब २५ करोड १ लाख रुपैयाँ पुर्याएको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.७२ प्रतिशत, पुँजीकोष अनुपात ११.४२ प्रतिशत, कोषको लागत ६.१७ प्रतिशत, बेसरेट ८.१७ प्रतिशत र स्पेडरेट ४.५ प्रतिशत छ । साथै, सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ४५ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ४४रुपैयाँ ०१ पैसा, मुल्य आम्दानी अनुपात २४.२३ गुणा र तरलता अनुपात २४.४६ प्रतिशत रहेको छ ।

वि.सं.२०७८ साउन २८ बिहीवार २१:०२ मा प्रकाशित

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...