Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

सेनाको इटहरीमा सरसफाइ अभियान



 १० फागुन,इटहरी । नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत रहेको बटुक दल गणका प्रमुख सेनानी शुलभ खड्काको नेतृत्वमा रहेको १०० भन्दा बढी सैनिक जनशक्तिले आज बृहत् सरसफाइ अभियान सम्पन्न गरेको छ ।

नेपाली सेनाले इटहरी उपमहानगरपालिकामा रहेको बूढीगङ्गा जमुना धार्मिक तीर्थस्थल क्षेत्रको मन्दिर परिसर, शव दाहस्थल र बूढीगङ्गा जमुना नदी क्षेत्र समेतको सफाइ गरेका छन् ।

प्रमुख सेनानी खड्काले सप्ताहव्यापी सफाइ अभियानको क्रममा बूढीगङ्गा जमुना क्षेत्रलाई सुन्दर सफा र बाहिरबाट आउने मानिसले हेर्नासाथ अति सफाइ क्षेत्रको पहिचान नै इटहरी बनाउने उद्देश्यले यो सफाइ अभियान चलाएको उहाँले बताउनुभयो ।

सफाइका क्रममा बूढीगङ्गा जमुना नदीमा भएको फोहर तथा बूढीगङ्गा जमुना शव दाहस्थल र आसपासका क्षेत्रमा फेला परेका फोहर जम्मा पारेर डढाउने तथा त्यसलाई व्यवस्थित तुल्याई राख्ने कार्यमा नेपाली सेनाले सशक्त योगदान पु¥याएको भन्दै श्री कृष्ण राधाकृष्ण प्रणामी मन्दिरका ज्येष्ठ नागरिकले नेपाली सेनाले उत्कृष्ट काम गरेको भन्दै सफाइ अभियानको प्रशंसा गर्नुभएको छ ।

नेपाली सेनाको बटुक दल गणले एक हप्ताभरि सञ्चालन गर्ने यो सफाइ अभियानका क्रममा इटहरीको राधाकृष्ण मन्दिर, लक्ष्मीनारायण, शनि मन्दिरलगायतका क्षेत्रमा सरसफाइ अभियान चलाइ इटहरीवासीलाई आफ्नो धार्मिक तीर्थस्थल क्षेत्रलाई सधँै सफा राख्न सन्देश दिने कार्य समेत गरिने योजना रहेको प्रमुख सेनानी खड्काले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम