back
CTIZAN AD

सेनाको इटहरीमा सरसफाइ अभियान

वि.सं.२०७३ फागुन १० मंगलवार

810 

shares

 १० फागुन,इटहरी । नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत रहेको बटुक दल गणका प्रमुख सेनानी शुलभ खड्काको नेतृत्वमा रहेको १०० भन्दा बढी सैनिक जनशक्तिले आज बृहत् सरसफाइ अभियान सम्पन्न गरेको छ ।

नेपाली सेनाले इटहरी उपमहानगरपालिकामा रहेको बूढीगङ्गा जमुना धार्मिक तीर्थस्थल क्षेत्रको मन्दिर परिसर, शव दाहस्थल र बूढीगङ्गा जमुना नदी क्षेत्र समेतको सफाइ गरेका छन् ।

प्रमुख सेनानी खड्काले सप्ताहव्यापी सफाइ अभियानको क्रममा बूढीगङ्गा जमुना क्षेत्रलाई सुन्दर सफा र बाहिरबाट आउने मानिसले हेर्नासाथ अति सफाइ क्षेत्रको पहिचान नै इटहरी बनाउने उद्देश्यले यो सफाइ अभियान चलाएको उहाँले बताउनुभयो ।

सफाइका क्रममा बूढीगङ्गा जमुना नदीमा भएको फोहर तथा बूढीगङ्गा जमुना शव दाहस्थल र आसपासका क्षेत्रमा फेला परेका फोहर जम्मा पारेर डढाउने तथा त्यसलाई व्यवस्थित तुल्याई राख्ने कार्यमा नेपाली सेनाले सशक्त योगदान पु¥याएको भन्दै श्री कृष्ण राधाकृष्ण प्रणामी मन्दिरका ज्येष्ठ नागरिकले नेपाली सेनाले उत्कृष्ट काम गरेको भन्दै सफाइ अभियानको प्रशंसा गर्नुभएको छ ।

नेपाली सेनाको बटुक दल गणले एक हप्ताभरि सञ्चालन गर्ने यो सफाइ अभियानका क्रममा इटहरीको राधाकृष्ण मन्दिर, लक्ष्मीनारायण, शनि मन्दिरलगायतका क्षेत्रमा सरसफाइ अभियान चलाइ इटहरीवासीलाई आफ्नो धार्मिक तीर्थस्थल क्षेत्रलाई सधँै सफा राख्न सन्देश दिने कार्य समेत गरिने योजना रहेको प्रमुख सेनानी खड्काले बताउनुभयो ।

वि.सं.२०७३ फागुन १० मंगलवार ०६:३१ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...