back
CTIZAN AD

माओवादी बैठक : पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव

वि.सं.२०७८ साउन ३० शनिवार

696 

shares

साउन ३०, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बैठकमा आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव आएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव बैठकका राखेका हुन् ।

शनिबारदेखि सुरु पार्टीको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक तथा संगठनात्मक प्रतिवेदन पेश गर्दै प्रचण्डले स्थानीय र प्रदेश स्तरका अधिवेशनहरु सकेपछि पुस ११ देखि राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन् ।

प्रचण्डको प्रस्तावमा भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० देखि सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने उल्लेख छ ।

यस्तै मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने प्रस्ताव प्रचण्डले गरेका छन् । बैठकमा प्रचण्डले विधान संशोधनको प्रस्ताव पनि पेश गरेका छन् ।

यस्ताे छ प्रचण्डले गरेकाे प्रस्ताव

  • भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण ।
  • असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ।
  • असोज २० गते वडा सम्मेलन ।
  • असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।
  • कात्तिक ३० गते जिल्ला सम्मेलन ।
  • मङ्सिर १५ गते प्रदेश सम्मेलन ।
  • पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन ।

वि.सं.२०७८ साउन ३० शनिवार १६:०३ मा प्रकाशित

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी...

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा

अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगितामा अष्ट्रेलिया समूह ‘डी’को उपविजेता...