back
CTIZAN AD

मेगा क्यापिटलले भदौ ४ गतेदेखि मेगा म्युचुअल फण्ड १ निष्काशन गर्दै

वि.सं.२०७८ साउन ३१ आइतवार

645 

shares

३१ साउन, काठमाडौँ । मेगा क्यापिटलले भदौ ४ गतेदेखि मेगा म्युचुअल फण्ड १ निष्काशन गर्ने भएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्ने भएको हो । जसमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्नेछ ।
उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन सकिनेछ । उक्त फण्डको अवधि १० वर्षको रहेको छ ।

मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा भदौ १८ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७८ साउन ३१ आइतवार १३:१९ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...