back
CTIZAN AD

ङ्गादी ग्रुप पावरको लाभांश घोषणा

वि.सं.२०७८ साउन ३१ आइतवार

576 

shares

३१ साउन, काठमाडौँ । ङ्गादी ग्रुप पावरले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार सम्पन्न संचालक समितिले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैंठकले २०७८ असार मसान्तसम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार ६० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख १ हजार १ सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यसैगरी समितिको बैठकले बोनस पश्चात कायम हुने चुक्ता पूँजीको २०० प्रतिशत अर्थात १:२ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

वि.सं.२०७८ साउन ३१ आइतवार १७:४० मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...