back
CTIZAN AD

सत्ता हस्तान्तरणका लागि गनी सरकार र तालिबानका प्रतिनिधिबीच वार्ता शुरु

वि.सं.२०७८ साउन ३१ आइतवार

669 

shares

साउन ३१, काठमाडौं । तालिबान निकै आक्रामक रुपमा अफगानिस्तामाथि कब्जा जमाउन थालेको छ । रोयटरले अफगानको आन्तरिक मन्त्रालयलाई उद्धत गर्दै तालिबान राजधानी काबुलको सबै नाकाहरु कब्जा गरिसकेको बताएको छ । उनीहरुले काबुलबाट बाहिरिने नाका पनि कब्जामा लिईसकेका छन् ।

अफगानिस्तानको अशरफ गनी सरकारको नियन्त्रणमा अब काबुलसहित देशका ३५ प्रान्तमध्ये ७ प्राप्त मात्रै बाँक्ी छन् । अन्तराष्ट्रिय समाचार एजेन्सी एपीले बताएअनुसार अहिले तालिबानका वार्ताकार सत्ता हस्तान्तरणको तयारीका लागि अफगानिस्तान राष्ट्रपति भवनमा वार्ताको क्रममा छन् ।

टोलो न्यूजका अनुसार अफगानिस्ताका कार्यबाहक आन्तरिक मन्त्री अब्दुल सत्तार मिर्जाकवालले शान्तीपूर्णं रुपमै सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । उनले काबुल निवासीलाई आश्वासन दिँदै सुरक्षा बलले शहरको सुरक्षा व्यवस्था सुनिश्चित गर्ने बताए । गनी सरकारले नागरिकलाई अप्ठ्यारोमा नपार्न यसअघि नै तालिवानलाई अपिल पनि गरेको थियो ।

गनी सरकारको अपिलका बीच शनिबार चौथो ठूलो शहर मजार ए शरीफ कब्जा गर्ने क्रममा चौतर्फी हमला गरेको थियो ।

वि.सं.२०७८ साउन ३१ आइतवार १७:३९ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...