back
CTIZAN AD

आइतवार देशैभरी थपिए २२१२ कोरोना संक्रमित, ३३ जनाको मृत्यु

वि.सं.२०७८ साउन ३१ आइतवार

657 

shares

३१ साउन, काठमाडौं । आज देशैभरी २२१२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,०८८ पिसीआर र ४,०१८ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १२ हजार १०६ नमुना परीक्षणमा २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयको विवरण अनुसार शनिवारको तुलनामा आइतवार संक्रमित हुनेको संख्या केही घटेको छ ।

आज काठमाडौंमा ५२२, ललितपुर १४५, भक्तपुर ६३ गरी उपत्यकामा ७६३ जना नयाँ संक्रमित थपिएका छन् । शनिवारको तुलनामा उपत्यकामा आज संक्रमितको संख्या घटेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १८६७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ८२ हजार ६८२ पुगेको छ ।

त्यस्तै आज देशैभरी थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ । शनिवारको तुलनमा आज मृत्यु हुनेको संख्या बढेको हो ।

हाल देशैभरी सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३५ हजार १८ जना होम आइसोलेशन र ४,२८० जना संस्थागत आइसोलेशनमा उपचारत छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७५८ जना र भेन्टिलेटरमा १९३ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या शनिवार भन्दा बढी हो ।

त्यस्तै आइतवार देशैभरी ७० हजार ७७० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हालसम्म दुवै विधिबाट गरिएको कूल ४१ लाख २५ हजार १३९ नमुना परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ८ लाख ३ हजार ४५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिए २,६२४ कोरोना संक्रमित, २० जनाको मृत्यु

वि.सं.२०७८ साउन ३१ आइतवार १७:२४ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...