back
CTIZAN AD

दोस्रो टेस्टमा भारत १५१ रनले विजयी, मोहम्मद सिराजको घातक बलिङ्ग

वि.सं.२०७८ भदौ १ मंगलवार

633 

shares

१ भदौँ, काठमाडौँ । भारत र इंल्याण्ड बिचको दोस्रो टेस्टमा भारतले १५१ रनले जित हासिल गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले आफ्नो पहिलो इनिङ्गसमा ३६४ रन बनाएको थियो । भारतका लागि ब्याटिङ्गमा केएल राहुनलले  सर्वाधिक १२९ रनको पारी खेलेका थिए भने इंल्याण्डका लागि बलिङ्गमा जेम्स एनडरसनले सर्वाधिक ५ विकेट लिएका थिए ।

भारत अलआउट भएपछि आफ्नो पहिलो इंनिङ्गस लिएको आएको इंल्याण्ड ३९१ रनमा अलआउट भएको थियो । इंल्याण्डका लागि कप्तान जो रुटले १८० रनको उत्कृष्ट पारी खेलेका थिए । त्यसैगरी गरी भारतका लागि बलिङ्गमा भने मोहम्मद सिराजले सर्वाधिक ४ विकेट लिएका थिए ।

३९१ रनमा अलआउट भएको इंल्याण्डले आफ्नो पहिलो इनिङ्गसमा २७ रनले लिड लिएको थियो ।

पहिलो इंनिङ्गसमा २७ रनले पछि परेको भारतले आफ्नो दोस्रो इंनिङ्गस २९८ रनमा जोड्दैँ इंल्याण्डलाई जितको लागि २७२ रनको लक्ष्य दिएको थियो । भारतका लागि दोस्रो इनिङ्गमा अजिंक्य राहणेले सर्वाधिक ६२ रन बनाएका थिए । त्यसैगरी मोहम्मद शमी ५४ र जसप्रित बुमराह ३४ रनको पारी खेल्दैँ नटआउट रहेका थिए । इंल्याण्डका लागि बलिङ्ग तर्फ मार्क वुडले सर्वाधिक ३ विकेट लिएका थिए ।

२७२ रनको लक्ष्य पछाएको इंल्याण्डको टिम १२० रनमा अलआउट हुन पुगेको थियो । इंल्याण्डका लागि जो रुटले सर्वाधिक ३३ रन बनाएका थिए भने भारतका लागि बलिङ्गमा मोहम्मद सिराजले ४ विकेट लिएका थिए ।

जितसँगै भारतले ५ खेलको टेस्ट श्रृखलामा १-० ले अग्रता लिएको छ ।

वि.सं.२०७८ भदौ १ मंगलवार १०:३३ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...