back
CTIZAN AD

विशिष्ट साधकलाई आजीवन र मानार्थ प्राज्ञ सदस्यताको सम्मानपत्र अर्पण

वि.सं.२०७८ भदौ १ मंगलवार

576 

shares

१ भदौ, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले लामो समयदेखि नेपाली साहित्यअन्तर्गत कविता, काव्य र समालोचनाका साथै भाषा, दर्शन, सामाजिक शास्त्र आदि विषय क्षेत्रमा सिर्जना, अनुसन्धान र प्राध्यापनका माध्यमबाट विशिष्ट योगदान गरेका वरिष्ठ साहित्यकार आनन्ददेव भट्टलाई आजीवन सदस्यताको सम्मानपत्र अर्पण गरेको छ ।

प्रतिष्ठानले विगत सात दशकदेखि साधनारत रही नेपाली साहित्यअन्तर्गत निबन्धरनियात्रा, कथा र उपन्यास सिर्जना तथा समालोचनाका साथै भाषा–व्याकरणका क्षेत्रमा अध्ययनरअनुसन्धान, सम्पादन एवं प्रकाशनका माध्यमबाट विशिष्ट योगदान गरेका वरिष्ठ साधक डा तारानाथ शर्मालाई र नेपाली कवितारकाव्य साहित्यका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही विशिष्ट योगदान गरेका वरिष्ठ कवि नरेश शाक्य (नरेशकुमार शाक्य) लाई आजीवन सदस्यताको सम्मानपत्र अर्पण गरेको छ ।

सोमबार प्रज्ञा भवनमा आयोजित आजीवन तथा मानार्थ प्राज्ञ सदस्यताको सम्मान अर्पण कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त सम्मानको प्रमाणपत्र प्रदान गरेका हुन् ।

सो अवसरमा विगत छ दशकभन्दा लामो समयदेखि संस्कृत वाङ्मयका विभिन्न क्षेत्रका साथै नेपालको इतिहास, संस्कृति, दर्शन, शिक्षा, भाषा–व्याकरण र साहित्यलगायतका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रामाणिक अध्ययन, अनुसन्धान र प्राध्यापनका माध्यमबाट विशिष्ट योगदान गरेका डा महेशराज पन्त, विगत चार दशकभन्दा लामो समयदेखि सामाजिक शास्त्र विषयअन्तर्गत कानुन, मानवअधिकार, सुशासन, कूटनीति आदि विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अध्ययन, अनुसन्धान, प्राध्यापन, परामर्श आदिका माध्यमबाट विशिष्ट योगदान गरेका प्रा डा सूर्य सुवेदी र दर्शनशास्त्रका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही अध्ययनरअनुसन्धान, प्रकाशन र प्राध्यापनका माध्यमबाट विशिष्ट योगदान गरेका वरिष्ठ दर्शनशास्त्री प्रा डा वीरेन्द्रप्रसाद मिश्रलाई मानार्थ प्राज्ञ सदस्यताको सम्मानपत्र अर्पण गरिएको थियो ।

कार्यक्रममा कुलपति उप्रेतीले विगतमा आजीवन तथा मानार्थ प्राज्ञ सदस्यलाई एउटा पत्र मात्रै दिइँदै आएकामा अबदेखि समारोह नै आयोजना गरेर माला र दोसल्लासहित सम्मानपत्र अर्पण गरी सम्मानित गर्ने परम्पराको सुरुआत गरिएको बताए ।

प्रज्ञा भवनमा आयोजित कार्यक्रम समापनपश्चात कुलपति उप्रेतीले सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्य प्रा डा हेमनाथ पौडेल र प्राज्ञसभा सदस्य एवं सञ्चार तथा डायास्पोरा संयोजक शशि लुमुम्बूसहित चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत रहेका वरिष्ठ साधक भट्ट र चाबहिलस्थित निजी निवासमा आराम गरिरहेका वरिष्ठ साधक डा शर्मालाई सोही स्थानमा गएर सम्मान अर्पण गरेका थिए । उक्त अवसरमा कुलपति उप्रेतीले उनीहरुका सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरेका थिए ।

वि.सं.२०७८ भदौ १ मंगलवार १२:०३ मा प्रकाशित

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...