back
CTIZAN AD

माधवलाई छाड्ने नेताहरु ओलीसँग वार्ता गर्न बालकोटमा

वि.सं.२०७८ भदौ ७ सोमवार

705 

shares

भदौ ७, काठमाडौं । माधवकुमार नेपाल समूहबाट अलग्गिएको नेकपा (एमाले)को तेस्रो पक्षका नेताहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । १० बुँदे सहमति कार्यान्वयनका लागि सोमबारसम्मको अल्टिमेटम दिएका उनीहरु निर्णायक वार्ताका लागि बालकोट पुगेका हुन् ।

उनीहरुले ओली पक्षका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेललगायतसँग यसअघि बेग्लाबेग्लै छलफल गरेका थिए । अहिले ओलीसँग निर्णायक वार्ताको लागि भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य ,रघु पन्त लगायतका तेस्रो धारका नेताहरु पुगेका छन् ।

लामो समय माधव समूहमा रहेका उनीहरु पार्टी दर्ताको बेला छुट्टिएका थिए । उनीहरुले १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने र पार्टी विभाजन गर्न नहुने धारणा राखिरहेका छन् । नेताहरुले सहमति कार्यान्वयन नभए एमालेबाट अलग्गिने चेतावनी दिईरहेका छन् ।

तर, पार्टी अध्यक्ष ओली पक्षले भने १० बुँदे सहमति कार्यान्वयन भईसकेको बताएको छ । ओली पक्षले नेताहरुले माग गरे झैं माधव पक्षीय नेताहरुमाथि गरिएको कारबाही फिर्ताको सम्भावना नरहेको बताएको छ ।

वि.सं.२०७८ भदौ ७ सोमवार ११:५७ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...