९ भदौँ, काठमाडौँ । एथलेटिक्स परिवार नेपालको आयोजनामा आगामी मंसिरको तेस्रो साता युथ एथलेटिक्स च्याम्पियनसिप हुने भएको छ । एथलेटिक्स परिवार नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै च्याम्पियनसिप मंसिर १८ गते काठमाडौंमा आयोजना हुने जनाएको हो ।
च्याम्पियनसिपमा यु-१६ तर्फ १२ र यु-२० तर्फ १६ गरी कुल २८ इभेन्ट समावेश गरिने जारी विज्ञप्तिमा उल्लेख छ । यु-१६ तर्फ महिला तथा पुरुषमा ६० मिटर दौड, १०० मिटर दौड, ८०० मिटर दौड, सटपुट थ्रो, लङ्गजम्प र चार गुणा १०० मिटर रिले हुनेछन् ।
त्यस्तै, यु-२० तर्फ महिला तथा पुरुषमा १०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड, ३००० मिटर दौड, लङ्गजम्प, हाइजम्प, सटपुट थ्रो र चार गुणा १०० मिटर रिले दौड समावेश गरिने छ ।

वि.सं.२०७८ भदौ ९ बुधवार ११:०३ मा प्रकाशित

























