९ भदौ, काठमाडौं । नेपालमा आज २४८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशैभरी पिसिआर विधिबाट ९,७११ र ऐन्टिजेन विधिबाट गरिएको ५,५७९ गरी १५ हजार २९० नमुना परीक्षणमा २४८२ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका २,४८२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ लाख ३४ हजार ४५० पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १,७८१ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज निको भएमा १,७८१ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ७ लाख ३ हजार ९६४ पुगेको छ ।
त्यस्तै आज देशैभरी ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ४४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ६१२ पुगेको छ ।
नेपालमा हाल ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३५ हजार २५० जना होम आइसोलेशन र ३,०३७ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।
हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ६१० र भेन्टिलेटरमा १६१ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
नेपालमा हालसम्म ४९ लाख ५६ हजार ४५५ जनाले कोरोना भाइरसविरुद्धको पहिलो मात्राको खोप लगाएका छन् भने ३९ लाख ९ हजार ९४१ जनाले दोस्रो मात्राको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७८ भदौ ९ बुधवार १७:३२ मा प्रकाशित






























