१० भदौ, अमेरिका । अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या तिब्ररुपमा बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ १,१६५ जना कोरोना संक्रमितले ज्यान गुमाएको न्यूयोर्क टाइम्सले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ५२ हजार ३४१ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकामा औसतमा कोरोना भाइरसबाट दैनिक २३ प्रतिशत संक्रमित वृद्धि भएको छ । त्यहाँ हालसम्म कूल ६ लाख ३२ हजार ५२२ जनाको निधन भएको छ भने दुई हप्तामा मृत्युदर १११ प्रतिशतले बढेको छ ।
अमेरिकामा हाल ९५ हजार २४० जना सक्रिय संक्रमितको अस्पतालमा उपचार भइरहेको छ । । अस्पताल भर्ना हुने दरमा ३२ प्रतिशतले वृद्धि भएको जनाइएको छ । बुधबार अगस्त २५ का दिनसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ८३ लाख ६४ हजार ७७९ पुगेको छ ।
अमेरिकामा गत बुधबार ११ लाख ५२ हजार २२२ जनाले कोरोना परीक्षण गराएका थिए । अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५१.७ प्रतिशत पुगेको छ भने पहिलो मात्रा खोप मात्र लगाउनेको संख्या ६१ प्रतिशत पुगेको छ ।
त्यस्तै अमेरिकामा वयस्कहरू (अर्थात् १८ बर्ष भन्दा माथिकाले) कम्तीमा पनि एक ख मात्रा खोप ७३.४ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६२.७ प्रतिशतले लगाई सकेका छन् । हालसम्म ३ करोड ६ लाख ७८ हजार २८३ जना कोरोनामुक्त भएका छन् ।
अमेरिकामा ६५ बर्ष भन्दा माथिकाले कम्तिमा एक मात्रा खोप ९१.६ प्रतिशत र पूर्ण खोप ८१.३ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।
वि.सं.२०७८ भदौ १० बिहीवार १७:०४ मा प्रकाशित




























