१० भदौ, काठमाडौँ । अबको ३ दिन भारी वर्षा हुने संभावना रहेको छ ।
विहिवार देखि शनिबारसम्म पूर्व देखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठुलो पानी पर्ने संभावना रहेको छ । हाल मनसुनको न्युन चाँपिय रेखा नेपालको तराई भु–भाग नजिक रहेकोले अबको ३ दिन भारी वर्षा हुने संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्विनी प्रदेशका केहि स्थानहरु, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक/ दुई स्थानहरुमा मेघ गर्जन /चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्रतिष्ठानले विहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै आगामी तीन दिनसम्म सर्वसाधरण तथा विपद्मा खटिने सबैमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

वि.सं.२०७८ भदौ १० बिहीवार १८:२१ मा प्रकाशित






























