back
CTIZAN AD

सिद्धार्थ बैंकद्वारा आफ्ना ग्राहकबाट करोडौं रुपैंयाँ अनाधिकृत असुली

वि.सं.२०७८ भदौ १० बिहीवार

750 

shares

काठमाडौं, १० भदौं । सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरुबाट करोडौं रुपैयाँ अनाधिकृत रुपमा असुली गरेको छ । बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह नै नगरेको शीर्षकबाट करोडौं रुपैंयाँ असुल गरेको हो । बैंकबाट प्राप्त वित्तीय विवरणमा सो अपचलन भएको पाइएको हो ।

सरकारले आर्थिक वर्ष २०७१/७२ बाट तोकिएका क्षेत्रमा बैंकले प्रवाह गरेको कुल कर्जाको निश्चित प्रतिशत रकम प्राथमिकता क्षेत्रमा अनिवार्य रुपमा प्रवाह गर्ने पने व्यवस्था गरेको थियो भने आर्थिक वर्ष २०७४/७५ देखि प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको कर्जा प्रवाह नभए बैंकहरुलाई जरिवानासमेत गर्ने व्यवस्था गरेको थियो ।

कसरी गरेको छ सिद्धार्थले अपचलन ?

बैंकबाट प्राप्त वित्तीय विवरणअनुसार २०७४, ०७५ र ०७६ सालमा बैंकले प्रवाह गर्नुपर्ने प्राथमिकता प्राप्त क्षेत्रहरुमध्ये कृषि ‘मल’ शीर्षकमा स्वीकृत कर्जाको सीमा र कर्जा प्रवाह भएको वास्तविक रकम दुवैमा एक रुपैंयाँ पनि छैन । तर बैंकले २०७५ र ०७६ सालमा ग्राहकहरुबाट सोहि शीर्षकबाट कर्जा असुली गरेको छ ।

हामीलाई प्राप्त विवरणअनुसार बैंकले २०७४ सालको भदौमा २० लाख, असोजमा ३० लाख, मंसिरमा २० लाख, पौषमा ४० लाख, चैत्रमा २५ करोड २० लाख, ०७५ को जेठमा १ करोड १० लाख गरि आर्थिक वर्ष २०७४/७५ मा रु. २७ करोड ४० लाख रुपैंयाँ ग्राहकहरुबाट अनाधिकृत रुपले असुली गरेको छ ।

त्यस्तै बैंकले आर्थिक वर्ष २०७५/७६ रु ९ करोड ३० लाख रुपैंया असुली गरेको छ । बैंकले बिउ बिजन शीर्षकबाट पनि अनाधिकृत रुपले सेवाग्राहीबाट रकम असुली गरेको पाइएको छ । बैंकले सो शीर्षकमा प्रवाह गरेको वास्तबिक रकमभन्दा बढी रकम असुलेको हो ।

बैंकको जवाफ – थाहा भएन !

बैंकको वित्तीय विवरणमा अपचलन गरेको पाइए पछि बैंकका सूचना अधिकारी रामेश्वरप्रसाद बस्याललाई सम्पर्क गर्दा थाहा नभएको भन्दै पन्छिएका छन् । उनले यो विषय थाहा नभएको बसेर कुरा गर्नुपर्छ भन्दै पन्छिए । त्यस्तै बैंकका कम्पनी सचिव लक्ष्मण घिमिरेले पनि बोल्न नमिल्ने प्रतिकृया दिए ।

कारबाही हुन्छ राष्ट्र बैंक

कर्जा प्रवाह नै नगरिएको शीर्षकबाट बैंकले किस्ता उठाएको पाइएपछि राष्ट्र बैंकले उक्त बैंकलाई कारबाही गर्ने भएको छ । राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभाग प्रमुख देवकुमार ढकालले बैंकको विवरण प्रति छानबिन कानुनअनुसार कारबाही हुने बताए । उनले सार्वजनिक भएको बैंकको विवरण शंकास्पद भएको बताए ।

वि.सं.२०७८ भदौ १० बिहीवार १८:०८ मा प्रकाशित

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...