back
CTIZAN AD

पछिल्लो २४ घण्टामा २,४३३ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु

वि.सं.२०७८ भदौ १० बिहीवार

558 

shares

१० भदौ, काठमाडौं । नेपालमा आज २४३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशैभरी पिसिआर विधिबाट ९,७०२ र ऐन्टिजेन विधिबाट गरिएको ४,६७२ गरी १४ हजार नमुना परीक्षणमा २४३३ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज काठमाडौंमा ५६१, ललितपुरमा १०६, भक्तपुरमा ६६ गरी उपत्यकामा आज ७३३ जना संक्रमित थपिएका छन् ।

आज थपिएका २४३३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ लाख ३६ हजार ८८३ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १,९२९ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज निको भएमा १,९२९ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ७ लाख ५ हजार ८९३ पुगेको छ ।

त्यस्तै आज देशैभरी २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ६३८ पुगेको छ ।

नेपालमा हाल ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३५ हजार ३५४ जना होम आइसोलेशन र ३,०३० जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।

हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ६२० र भेन्टिलेटरमा १६५ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ । बुधवारको तुलनामा विहीवार भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या बढेको छ ।

नेपालमा हालसम्म ४९ लाख ८६ हजार ८९२ जनाले कोरोना भाइरसविरुद्धको पहिलो मात्राको खोप लगाएका छन् भने ३९ लाख ४९ हजार ५२१ जनाले दोस्रो मात्राको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । बिहीवार देशैभरी ७० हजार २६ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

आज देशैभरी थपिए २४८२ कोरोना संक्रमित, ४४ जनाको मृत्यु

वि.सं.२०७८ भदौ १० बिहीवार १७:३४ मा प्रकाशित

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...